होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण
राजनीति

जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण

  • नागरिक रैबार
जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिशेष प्रशिक्षण सुरु गरेको छ ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कार्यसञ्चालनका क्रममा आवश्यक सहयोग पुगोस भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा प्रदेशका सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेद्वार भई चुनाव जितेका जनप्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष थापाको भनाई छ । संघीयता कार्यान्वयनका सवालमा जनप्रतिनिधिको भूमिका कस्तो हुने, विविध कानुनि जटिलताको समाधान गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने, राजनीति तथा विचार  लगायतका विषयमा नेताहरुले प्रशिक्षण दिने तयारी छ ।

केही दिन अघि प्रदेशको बैठक सम्पन्न गरेको नेकपाले त्यसलगत्तै दशैं तथा तिहार लगायतका चाडको बुभकामना सम्पन्न गर्दै शुक्रबारबाट प्रशिक्षण गर्न लागेको हो ।

विज्ञापन

प्रशिक्षणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत धनगढी आउनुभएको छ भने प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट तथा सह इन्चार्जहरु भानुभक्त जोशी तथा खगराज भट्टको समेत उपस्थिति रहेको छ । प्रशिक्षणमा सूदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको समेत उपस्थिति रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ११ घन्टा अगाडि