होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण
Breaking News

जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिशेष प्रशिक्षण सुरु गरेको छ ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कार्यसञ्चालनका क्रममा आवश्यक सहयोग पुगोस भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा प्रदेशका सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेद्वार भई चुनाव जितेका जनप्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष थापाको भनाई छ । संघीयता कार्यान्वयनका सवालमा जनप्रतिनिधिको भूमिका कस्तो हुने, विविध कानुनि जटिलताको समाधान गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने, राजनीति तथा विचार  लगायतका विषयमा नेताहरुले प्रशिक्षण दिने तयारी छ ।

केही दिन अघि प्रदेशको बैठक सम्पन्न गरेको नेकपाले त्यसलगत्तै दशैं तथा तिहार लगायतका चाडको बुभकामना सम्पन्न गर्दै शुक्रबारबाट प्रशिक्षण गर्न लागेको हो ।

विज्ञापन

प्रशिक्षणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत धनगढी आउनुभएको छ भने प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट तथा सह इन्चार्जहरु भानुभक्त जोशी तथा खगराज भट्टको समेत उपस्थिति रहेको छ । प्रशिक्षणमा सूदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको समेत उपस्थिति रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • ३ घन्टा अगाडि

भर्खरै