होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली नदीमा जीप खस्यो : १५ जना बेपत्ता
समाचार

कर्णाली नदीमा जीप खस्यो : १५ जना बेपत्ता

  • नागरिक रैबार
कर्णाली नदीमा जीप खस्यो : १५ जना बेपत्ता
फायल तस्वीर

हुम्लाको खार्पुनाथमा मंगलबार बिहान कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीप कर्णाली नदीमा बेपत्ता भएकोे जीपको खोजी कार्य भइरहेको जानकारी दिए। उक्त जिपमा १५ यात्रु सवार रहेको बताइएको छ। दुर्घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ। यस्तै वेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार