होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • रुगुम खड्का समर्पणका गजलहरु !
मनोरञ्जन

रुगुम खड्का समर्पणका गजलहरु !

  • नागरिक रैबार
रुगुम खड्का समर्पणका गजलहरु !
घुम्दैफेर्दै तिम्रो गाउँमा झरेको दिन याद आयो !
तिमी सँगै प्रेम जालमा परेको दिन याद आयो !!
अन्याएसै नजर जुध्यो पिपलपाते ओठ सँगै !
मृगेनीका नयन तिमिले तरेको दिन याद आयो !!
कोकिलकण्ठि स्वर तिम्रो चन्द्रमुखि मुहार सँगै !
हेर्दा हेर्दै तिमी मन परेको दिन याद आयो !!
बगरको माछासरी हुन्थ्यो केहि दिन छुट्नुपर्दा !
त्यति बेला फोनमा कुरा गरेको दिन याद आयो !!
बिहे गर्ने योजनामा भागी-भागी जानुपर्यो !
भाग्दाखेरी दमाईली खोला तरेकोदिन याद आयो !!
अलि-अलि डर सँगै सफलताको अर्को खुसी !
राती-राति भाग्दा पानी परेको दिन याद आयो !!
नाम    : रुगुम खड्का समर्पण
ठेगाना : बुडिगङ्गा नगरपालिका ८ बाजुरा
फोन    : ९८४८६३१३२९  ९८१७५७३७६६

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार