होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • चलचित्र सानो मनको ट्रेलर सार्वजनिक
मनोरञ्जन

चलचित्र सानो मनको ट्रेलर सार्वजनिक

  • नागरिक रैबार
चलचित्र सानो मनको ट्रेलर सार्वजनिक

काठमाण्डाै‌ २ असार । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक चलचित्रमा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक ट्रेलरबाट लभस्टोरी चलचित्र रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त हुने बताइएको छ ।

चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यो चलचित्र ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् ।

चलचित्रको एउटा गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ । चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए ।

विज्ञापन

कान्तिपूरबाट

सानो मनको ट्रेलर :
https://www.youtube.com/watch?v=NGRDtlixyfI

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार