होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड
समाचार

सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड

 धनगढी १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

प्रदेश सरकारले ८२ करोड ७५ लाख १७ हजार राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ९५ करोड २४ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ४ करोड ६८ लाख ५५ हजार, सशर्त अनुदानबाट ४ अर्ब ५५ करोड ६ लाख, समपुरक अनुदानबाट १ अर्ब र विशेष अनुदानबाट १ अर्ब आउने छ ।

विज्ञापन

यस्तै चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेट ४ अर्ब ७८ करोड ५३ लाख ६३ हजार छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार