होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने
समाचार

प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

  • नागरिक रैबार
प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

३१ साउन, काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको अनलाइनखबरलाई बताए ।

‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’
कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

विज्ञापन

लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार