होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्युत आपूर्ति बन्द भएको १३ घण्टापछि सुचारु
समाचार

विद्युत आपूर्ति बन्द भएको १३ घण्टापछि सुचारु

  • नागरिक रैबार
विद्युत आपूर्ति बन्द भएको १३ घण्टापछि सुचारु

नागरिक रैबार बाजुरा ३२ जेठ । सदरमुकाम मार्तडीमा विद्युत आपूर्ति बन्द भएको १३ घन्टापछि सुचारु भएको छ । शनिबार विहानदैखि विद्युत आपुर्ति बन्द भएपनि साँझ ७ बजेबाट १३ घण्टापछि सदरमुकाममा विद्युत सेवा पुनः सुचारु भएको हो ।
जिर्ण नहरलाई मर्मत गर्नका लागि त्रिवेणी साना जलविद्युत केन्द्रले शिनिबार विहानै देखि सदरमुकाम मार्तडीको विद्युत सेवा बन्द गरेको थियो । शनिबार विहानैबाट सदरमुकाम मार्तडीमा विद्युत आपुर्ति बन्द भएपछि सदरमुकाम मार्तडीबासीलाई मोवाइल चार्ज गर्न, ईन्टरनेट चलाउन, टिभि हेर्न, कम्युटर चलाउन र दिनभर संचारकर्मीहरुलाई समाचार सम्प्रेसण गर्न समस्या भएको थियो भने सदरमुकाम मार्तडीबाट संचालन हुने रेडियोहरुको दिवा सेवा समेत अवरुद्ध भएको थियो ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा त्रिवेणी सहकारी संस्थाले २०६६ सालदेखि विद्युत सेवा संचालन गरिरहेको छ तर विद्युतका मेसीन र नहर पुरानो र जिर्ण भएकाले सदरमुकामबासीले पटक पटक विद्युत सेवा सहज रुपमा आपुर्ति गर्न सकेका छैनन् ।
नेपाल विद्युत प्राधिकरणले जिल्ला सदरमुकाम मार्तडीलाई लक्षित गरेर २०४६ सालमा विद्युत सेवा संचालन गरेको थियो । विद्युत उत्पादन भएको ३ दशक वितेको छ । २ सय किलोवाट उत्पादन क्षमता भएको जलविद्युतमा १८ सय भन्दा बढी ग्राहकहरूले विद्युत सेवा लिने गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार