होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
अपराध

अफिमसहित एक पक्राउ

  • नागरिक रैबार
अफिमसहित एक पक्राउ

रुकुम पश्चिम ३२ जेठ  — झण्डै ४ किलो अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका-१, रोकाजाका ३५ वर्षीय मनबहादुर बुढा ३ किलो ८ सय ५० ग्राम अफिमसहित पक्राउ परेका हुन् ।

आठबीसकोट नगरपालिका–१४, छेपारेबाट शनिबार बिहान पौने ९ बजे बुढा अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । लागूऔषध ओसारपसार तथा खरिद बिक्री भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको थियो । प्रहरीले सोधपुछ गर्ने क्रममा बुढाले उल्टै प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरी भाग्न खोजेका थिए ।

बुढा भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायरसमेत गरेको थियो । अफिमसहित बुढा प्रहरी नियन्त्रणमा आए पनि अन्य ४ जना शंकास्पद भने भागेका प्रहरीले जनाएको छ । अफिमसहित भाग्न खोजेपछि बुढालाई हवाई फायर गरेर नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए । प्रहरीले बुढाको साथबाट ९ नौ हजार नेपाली रुपैयाँ, एक थान टर्च लाइट, दुई थान मोबाइल सेट र एक थान मुङ्गाको जस्तो देखिने मालासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार