होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज सोमबार सार्वजनिक विदा
समाचार

आज सोमबार सार्वजनिक विदा

  • नागरिक रैबार
आज सोमबार सार्वजनिक विदा

सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश नम्बर २ सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् । प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै