होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाइटेडको चार गोल
खेलकुद

चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाइटेडको चार गोल

  • नागरिक रैबार
चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाइटेडको चार गोल

२७ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार सुरुवात गरेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४-० गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको हो । चेल्सी भने आफ्नो पहिलो खेलमै लज्जास्पद हारको सिकार बन्यो ।

म्यान्चेस्टर युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियल र ड्यानियल जेम्सले समान १-१ गोल गरे । खेलको १८औं मिनेटमा नै राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनकै गोलले म्यान्चेस्टर युनाइटेडले अग्रता लिएको थियो ।

खेलको ६५औं मिनेटमा एन्थोनीले गोल गरेपछि चेल्सीविरुद्ध युनाइटेड दोब्बर अग्रताले अघि रहेको थियो । त्यसको दुई मिनेटपछि नै अर्थात ६७औं मिनेटमा राष्फोर्डले अर्को गोल थप्दै युनाइटेडलाई ३-० गोलको अग्रता दिलाए ।

विज्ञापन

८१औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार