होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • विद्यालयमा भर्ना गरिदिएपछि सरीतामा छायो खुसियाली
शिक्षा

विद्यालयमा भर्ना गरिदिएपछि सरीतामा छायो खुसियाली

  • नागरिक रैबार
विद्यालयमा भर्ना गरिदिएपछि सरीतामा छायो खुसियाली

राजेन्द्र बिक/ बाजुरा २६ साउन । उमेर पुगेर पनि बिद्यालय भर्ना नभएकि बडीमालिका नगरपालिका वडा न ८ झराउले गाउँ कि ७ बर्सकी सरिता अयडीलाई स्कुल भर्ना गरिएको छ ।
सुन्न र बोल्न नसक्ने अबस्था भएकि सरितालाई बुढिगंगा नगरपालिका वडा न ५ स्थित थुमा माबिमा संचालित विशेष कक्षा अन्तर्गतको कक्षा १ मा भर्ना गरिएपछि उनी खुशी भएकी छिन् ।


जिल्लामा सुन्न र बोल्न नसक्नेका लागि पनि बिद्यालय छ भन्ने कुरा थाहा नपाएर आफुले अहिले सम्म बिद्यालय भर्ना नगरेको सरिताका बुवा प्रसाद अयडिले बतएका छन् । युनिसेफ र बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग बडिमालिका नगरपालिकाको समन्वयमा सेतोगुरांस बालबिकास सेवा बाजुराद्वारा सँचालित समता र समाबेशी शिक्षा कार्यक्रमले अपांगता भएका बालबालिकाको पहिचान गरि अरु बालबालिका जस्तै बिद्यालय पढ्न पाउने वातावरण सिर्जना गर्न बिद्यालय भर्ना गरि सिकाउने र टिकाउने उद्देश्य अन्तर्गत सरितालाई सो बिद्यालयमा भर्ना गर्न सेतोगुरांस बालबिकास सेवा बाजुराले सहयोग पुर्याएको हो ।

विज्ञापन

सेतो गुराँस बालबिकास सेवा बाजुराका सिकाइ उत्प्रेरक धनबहादुर रोकाया हाम्रो घरमै पुगेर हामी हरुसंग छलफल गरि बिद्यालय सम्म भर्ना गर्न आफै पुग्दा अन्धकारमा रहेकि मेरि छोरिको भबिष्य उज्वल हुन्छ भन्ने बिश्वास आफुले लिएको र आफू मा खुशी को सिमा नै नरहेको सरिताकि आमा खन्टी देबि अयडिले बताईन् ।


जिल्लामा सेतोगुरांस बालबिकास सेवा बाजुराले यस्ता धेरै बालबालिकाहरुको पहिचान गरिरहेको कार्यक्रम संयोजक देवराज पाध्यायले बताएका छन् ।
आफुले फेरि अर्का बोल्न नसक्ने दुई बच्चाको पनि भर्ना गर्ने तयारी भइरहेको सिकाइ उत्प्रेरक धनबहादुर रोकायाले जानकारी दिएका छन् ।
सरिता पढाईमा एकदमै खुशी भएर सहभागी भइ राखेकी छिन विद्यालयकी शिक्षिका तुलसा मल्लले बताईन् । समुदायमा विभिन्न खालका अपांगता भई घरमै अन्धकारमय जीवन बिताइ रहेका बालवालिकाहरुलार्ई समन्वय गरेर बिद्यालयसम्म भर्ना गरिदिने कार्य राम्रो भएको अभिभावकहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार