होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • वडाध्यक्षको नेतृत्वमा डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण
स्वास्थ्य-जीवनशैली

वडाध्यक्षको नेतृत्वमा डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण

आकस्मिकबाहेकका सेवा बन्द

  • नागरिक रैबार
वडाध्यक्षको नेतृत्वमा डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण

डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो।

यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।

सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो ।

विज्ञापन

बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।

प्रहरीले बुधबार बिहान १:३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् ।

साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ । परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।(रासस)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार