होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुराबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार
बुढीगंगा

बाजुराबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

  • नागरिक रैबार
बाजुराबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

बाजुराको बुढिनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ बर्षिया रमिला रोकायाको साल अड्किएपछि सनिबार उपचारको लागि हेलिकप्टर मार्फत कोहलपुर मेडकिल कलेज लगिएको सामाजिक बिकास मन्त्री कुृष्ण सुबेदीका सोगिय सचिव लोकेन्द्र धामीले बताएका छन् । सामाजिक बिकास मन्त्री कृष्ण सुबेदीको निर्देशनमा उनलाइ सेनाको हेलीकप्टर मार्फत कोहलपुर लगीएको धामीले बताएका छन् ।

सुत्केरी हुन नसकेको खवर पाएपछी सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्ण सुबेदीको निर्देशन तथा पहलमा हेलिकप्टर मार्फत कोहोलपुर मेडकिल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । उनको जिल्लामा उपचार गर्न सम्भव नभएकाले नेपालगंज पठाईएको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताएका छन् ।
‘सुत्केरीको रगत धेरै बगेको छ २ दिन भयो बोल्न समेत सकेकी छैनन् आफन्तले बताए हामी सबै परिवार निराश थियौँ, अस्पतालमा असम्भव भनेपछी निराश थियौँ उनका आफन्तले बताए । हेलिकप्टर आयो भन्दा हामी अलि खुसी भयौँ अब ज्यान जोगिन्छ की भन्ने आशा रहेको आफन्तले बताएका छन् ।
सामाजिक बिकास मन्त्रालयको पहलमा यसअघी ३ ओटा सुत्केरीको हेलिकप्टरमार्फत बाजुराबाटै उद्धार गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार