होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • १० औँ खुम्बु लोसार कप आजबाट सुरु
जगन्नाथ

१० औँ खुम्बु लोसार कप आजबाट सुरु

  • नागरिक रैबार
१० औँ खुम्बु लोसार कप आजबाट सुरु

सोलुखुम्बु जिल्लाको माथिल्लो भेग खुम्बुले बार्षिक रुपमा आयोजना गर्दै आएको १० औँ खुम्बु लोसार कप आजबाट सुरु भएको छ ।
बार्षिक रुपमा आयोजना हुने यो प्रतियोगिता शेर्वी युन्देन छोक्पा र खुन्दे कम्युनिटी क्लवले संयुक्त रुपमा आयोजना गरेको हो ।

खेलको माध्यमबाट माथिल्लो भेग खुम्बुका युवा पिडिहरुलाई एकजुट गराउन र जाडो महिनामा माथिल्लो भेगका प्रया सवैजसो काठमाडौमा आउने भएकाले एकअर्कामा भेटघाट र सहकार्य गराउन बार्षिक रुपमा खेल आयोजना गर्दै आएको संचार संयोजक लाक्पा नुरु शेर्पाले जानकारी दिनुभयो ।

थामे रिन्पोचेको प्रमुख आतिथ्यमा सुरु भएको यस बर्षको खेलमा ७ टिम सहभागी रहेको संचार संयोजक शेर्पाले जानकारी दिएको छ ।
पहिला शेर्वी युल्देन छोक्पाले आयोजना गर्दै आएको खेललाई यस बर्ष देखि सहकार्य (लावा प्रणाली)मा लगेको छ ।

विज्ञापन

खेल एक हप्तासम्म सानो गौचरण फुटवल ग्राउनमा चल्ने आयोजकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार