होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • सनराइज बैँक बाम्ती शाखाले उमाकुण्ड गाउँपालिकामा नागारिकहरुसँगको अन्र्तरक्रिया
जगन्नाथ

सनराइज बैँक बाम्ती शाखाले उमाकुण्ड गाउँपालिकामा नागारिकहरुसँगको अन्र्तरक्रिया

  • नागरिक रैबार
सनराइज बैँक बाम्ती शाखाले उमाकुण्ड गाउँपालिकामा नागारिकहरुसँगको अन्र्तरक्रिया

सनराइज बैँक लिमिटेड बाम्ती शाखाले उमाकुण्ड गाउँपालिका वडा न १ गुम्देलमा नागारिकहरुसँगको अन्र्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । करिब ६० जनाको उपस्थितीमा भएको उक्त कार्यक्रममा सनराइज बैँक शाखा बाम्तीका साखा प्रबन्धक सफल आर्चायले बैँकको शाखा बिमा योजना ,दुर्घटना बिमा लगायत अन्य बैँकिङ सेवा सुबिधाको बारेमा प्रकाश पार्नु पारेका थिए ।

उमाकुण्ड गाउँपालिका वडा न १ का वडा अध्यक्ष नुर्बु शेर्पाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष शेर्पाले जनताले बैकको शाखा बाम्तीमा खुल्दा रामेछापको बिगट उत्तरी क्षेत्रका नागारिकले घरदैलोबाटै बैकिङ सम्बन्धी सुबिधा पाएकोमा खुसी रहेको बताए । त्यस्तै उनले यस क्षेत्रका कृषक र साना ब्यबसायीले सहर्ज रुपमा कर्जा पाइरहेको र ब्यबसाय बिस्तार गरेको सुन्न पाउँदा आफु हर्षित भएको र आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा बैकसम्बन्धी नागारिकले उठाएको प्रश्न जिज्ञासाको शाखा प्रबन्धक सफल आर्चायले जबाफ दिएका थिए । रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको बिगट क्षेत्र बाम्तिभण्डारमा रहेको यसक बैकमा सोलुखुखुम्बुको लिखुपिके , रामेछापको उमाकुण्ड गाउँपालिका , ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका लगायत आसपासका नागारिकले बैकिङ सम्बन्धी कारोबार गरिरहेका छन । हाल यस बैँकको शाखा उमाकुण्ड गाउँपालिकाको प्रिती च्यादालुमा पनि रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार