डडेल्धुरा, कात्तिक २२ । डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनशनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो ।
सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए । डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनशन बसेको पाँचौं दिनमा शुक्रबार राति अस्पताल सारिएको हो ।
उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उनको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले जानकारी दिए। उनका अनुसार केसीलाई अहिले बोल्न समेत समस्या भइरहेको छ।
फेसबुक प्रतिक्रियाहरु