
डोटी – दशैं मनाउन आफ्नो गृह जिल्ला डोटी आएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निर्वाचन क्षेत्रमा काममा चासो राखेका छन् । उनले दसैंको मुख्य दिन फलेडी बगर धिर्कामाण्डौ सडकको निरिक्षण गरेका छन् ।उक्त सडक मुख्यमन्त्री भट्टको आफ्नो निर्वाचन क्षेत्र ख मा निर्माण भईरहेको छ ।


निरिक्षणका क्रममा उनले सडक निर्माणको काममा शुरुवात देखी नै ध्यान दिन सम्बन्धीत पक्षलाई निर्देशन दिए । फलेडी बगर धिर्कामाण्डौ सडको लम्बाई ९.५ किलोमिटर रहकको छ ।. porn 4 fans yellz00
सो सडक खण्ड कालोपत्रे गर्नका लागि प्रदेश सरकारले २२ करोड ९१ लाख ४९ हजार चार सय ९५ रुपैयामा ठेक्का सम्झौता भईसकेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका इन्जिनियर दिपक नेगीले जानकारी दिए ।
विज्ञापन


डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित मूख्यमन्त्री त्रिलोचन भट्टको पहलमा जिल्लाका ग्रामिण क्षेत्र जोड्ने ३ वटा सडक अन्तरगत ३२.६ किलोमिटरका लागी कुल ७८ करोड ८८ लाख ६२ हजार ३७ रुपैँयाको लागतमा सडक कालोपत्रेको काम सुरु भएको पुर्बाधार बिकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सिलगढी ओखरबोट ओसाईल बगलेक झिग्राना सडक, सिलगढी कलेना दल्लेक मेल्लेक बझाङ जोड्ने सडक र फलेडी बगर धिर्कामाण्डौैंं जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ ।


फेसबुक प्रतिक्रियाहरु