होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ५
  • गुल्मीको हाटबजार निर्माण भएको ५ वर्षसम्म सञ्चालनमा आएन
प्रदेश ५

गुल्मीको हाटबजार निर्माण भएको ५ वर्षसम्म सञ्चालनमा आएन

  • नागरिक रैबार
गुल्मीको हाटबजार निर्माण भएको ५ वर्षसम्म सञ्चालनमा आएन

२६ वैशाख, गुल्मी

गुल्मीमा हाटबजार निर्माण भएको ५ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्ने उद्देश्यले तम्घास बजार नजिकैको चारिखोलामा निर्माण गरिएको हाटबजार सञ्चालनमा आउन नसकेको हो । ०७० साल असोजदेखि सुरु भइ २०७१ मा हाटबजार निमार्णको काम सकिएको थियो ।

विज्ञापन

हाटबजार संचालनका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साबिकको जिल्ला विकास समितिको ८ लाख, जिल्ला पशुसेवा कार्यलय गुल्मीको १० लाख, रेसुङ्गा नगरपालिकाको ५ लाख, हालै नगरपालिकाबाट ५ लाख र केन्दि्रय बजेटबाट ५ लाख रुपैयाँ गरी कूल ४७ लाख खर्च भएको छ ।

हाटबजार भवनलाई अहिले वरिपरी तारबार गरेर ताल्चा लगाएर बन्द गरिएको छ । पहिले तम्घासको चिदिचौर रहेको हाटबजार त्यहाँ खेल मैदान बिस्तार गर्न भन्दै भत्काएर नयाँ ठाउँमा निर्माण गरिएको थियो । चिदिचौर रहुन्जेल प्रत्येक शनिवार हाटबजार बजार लाग्ने गर्दथ्यो ।

निर्माण सम्पन्न भएर पनि हाटबजार संचालनमा नआएपछि स्थानीय असन्तुष्ट भएका छन् । कृषकको उत्पादन बिचौलीयाको माध्यमबाट नभइ कृषक आफैले सहजरुपमा बिक्री बितरण होस भन्ने उदेश्यले हाटबजार सञ्चालन हुँदै आएको थियो ।

रेसुङगा नगरपालिकका प्रमुख डिल्लीराज भुसालले भने नगरपालिकाले हाटबजार संचालनका लागि थप केही बजेटको आवश्यकता रहेको बताए ।

उनले प्रदेश सरकारसँग बजेटको माग गरेको केही बाँकी काम पूरा गरेर अबको केही महिना भित्रै सञ्चालननमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

हाटबजारमा चिस्यानसहितका उपकारण पनि आवश्यक रहेकाले र नगरपालिकासँग ठूलो रकम नभएकाले बजेट माग गरिएको नगरप्रमुख भुसालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार