होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • आजका पत्रपत्रिका : भारतले नाकामै रोक्छ नेपाली तरकारी
Breaking News

आजका पत्रपत्रिका : भारतले नाकामै रोक्छ नेपाली तरकारी

  • नागरिक रैबार
आजका पत्रपत्रिका : भारतले नाकामै रोक्छ नेपाली तरकारी

२२ असार, काठमाडौं । भारतीय तरकारीको विषादी परीक्षण गर्ने अडानबाट सरकार पछि हटेको विषय आजका अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायतका विषय पनि पत्रपत्रिकाहरुले समेटेका छन् ।

नयाँ पत्रिकाले फरक कोणबाट यो विषय उधिनेको छ । नेपाल सरकार भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटे पनि भारतले भने लामो समयदेखि नेपाली तरकारी रोक्दै आएको नयाँ पत्रिकाकाे भनाइ छ ।

समाचार अनुसार, नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमूना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैंयौंपटक नेपालका कृषिवस्तुहरु नाकामै कुहिने र बिग्रने गरेका छन् ।

अन्नपूर्णले ‘उपभोक्तामाथि खेलवाड नगर’ शीर्षकमा सम्पादकीय नै लेखेर सरकारी रवैयाको विरोध गरेको छ । खेलाँचीको भरमा ल्याइने नीति अदृश्य शक्तिको इशारामा फिर्ता लिने प्रवृत्तिले सरकारको हैसियत उदांगो पारेको र त्यसकै पछिल्लो कडी तरकारीको विषादी परीक्षण निर्णय भएको अन्नपूर्णको निष्कर्ष छ ।

विज्ञापन

‘आमसरोकारको विषयमा सरकारले खेलाँची गर्न पाउँदैन । आमसरोकारको विषय मात्रै नभएर स्वदेशी किसान र आमउपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषयमा सरकारले गरेको यो निर्णय घातक छ । सार्वजनिक चासो र जनहितका विषयमा अदृश्य शक्तिको दबावमा परेर नीति सच्याउनु लज्जास्पद छ’, अन्नपूर्णले आफ्नो सम्पादकीयमा लेखेको छ ।

कान्तिपुरले ‘सत्तारुढ सांसदकै प्रश्नः सरकार भारतसामु झुकेकै हो’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।

कान्तिपुरका अनुसार भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार