होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • अक्षयसँग डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी
मनोरञ्जन

अक्षयसँग डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी

  • नागरिक रैबार
अक्षयसँग डेब्यु गर्दै पूर्वमिस वर्ल्ड मानुषी

मुम्बई : अक्षय कुमार अहिले आफ्नो ‘फिल्म मिसन मंगल’को सफलतामा रमाइरहेका छन्। अक्षय कुमारसँग सूर्यावंशी, बच्चन पाण्डे, लक्ष्मी बमसहित धेरै फिल्मको लाइन छ। क्युमा यति धेरै फिल्म हुँदाहुँदै पनि उनलाई नयाँ फिल्मको अफर आउन भने छोडेको छैन।

भर्खरै आएको खबरअनुसार उनलाई यश राज फिल्मस्को ब्यानरमा बन्ने नयाँ ऐतिहासिक फिल्मको अफर आएको छ। यो फिल्म भारतका महान् राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित हुनेछ। यो ऐतिहासिक फिल्म हो। फिल्म ‘पृथ्वीराज चौहान’को कास्टिङ लगभग तय भइसकेको छ।

फिल्ममा अक्षय पृथ्वीराजको भूमिका निर्वाह गर्दै छन्। मुख्य भिलेन मोहम्मद गौरीको रोलमा मानव विज देखिनेछन्। फिल्ममा पृथ्वीराज चौहानको पराक्रम देखाइने छ। तर फिल्मको धेरै समय भने पृथ्वीराज र कनौजकी राजकुमारी संयोगिताको प्रेमकथा देखाउन खर्चिइने छ। संयोगिताको भूमिकामा सन् २०१७ की मिस वर्ल्ड मानुषी चिल्लरलाई खेलाइँदै छ।

विज्ञापन

मिस वर्ल्डको ताज जितेपछि मानुषीलाई धेरै ब्यानरबाट अफर आएको थियो तर उनले काम गर्न अस्वीकार गर्दै आएकी थिइन्। मानुषी अहिले डान्स र एक्टिङका वर्कसपमा भाग लिइरहेकी छन्। साथै ऐतिहासिक पुस्तक पनि पढिरहेकी छन्। चन्द्रप्रकाश द्विवेदी यो ऐतिहासिक फिल्म निर्देशन गर्दैछन्। अब हेर्नु छ, अक्षयसँग मानुषीको बिग बलिउड डेव्यु कति सफल हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार