होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • साविकको दहकोट गाविसका पूर्व अध्यक्ष रोकायाको निधन
राजनीति

साविकको दहकोट गाविसका पूर्व अध्यक्ष रोकायाको निधन

  • नागरिक रैबार
साविकको दहकोट गाविसका पूर्व अध्यक्ष रोकायाको निधन

नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको गौमुल गाउँपालिका साविकको दहकोट गाउँ विकास समितिका पुर्व अध्यक्ष कृष्ण रोकायाको मृत्यु भएको छ ।

दहकोट गाविसका पुर्व अध्यक्ष रोकायाको ५० वर्षको उमेरमा बुधबार सदरमुकाम मार्तडीमा उनको आफ्नै घरमा मृत्यु भएको आफन्त हिरेन्द्र रोकायाले बताएका छन् ।

लामो समयदेखि लिवर फेलका कारण उनको स्वास्थ्यमा समस्या आएको थियो । जसका कारण उनको उपचारका लागि आफन्तहरुले काठमाण्डौसम्म पुर्याएका थिए । काठमाण्डौंमा उपचार सम्भव नभएपछि उनका आफन्तहरुले उनलाई आफ्नै घर सदरमुकाम मार्तडीमा ल्याएका थिए ।

विज्ञापन

रोकाया गौमुल गाउँपालिका साविकको दहकोट गाविसमा (२०४९) सालमा स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिमको सेती अन्चलमा सवैभन्दा कान्छा गाविस अध्यक्षमा नेपाली काँग्रेस बाट निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पुर्व सदस्य समेत रहेका रोकायाको असामयिक निधनपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुरा स्तव्ध बनेको छ भने रोकायाको हिन्दु परम्परा अनुसार भोली बाहुली खोलामा दाहसंस्कार गरिने आफन्त हिरेन्द्र रोकायाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार