होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपाली क्रिकेट टोली श्रीलंकासँग पराजित
खेलकुद

नेपाली क्रिकेट टोली श्रीलंकासँग पराजित

  • नागरिक रैबार
नेपाली क्रिकेट टोली श्रीलंकासँग पराजित

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकाको २३ वर्ष मुनीको टोलीसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक नटआउट ७२ रनको योगदान गरे । पवन सर्राफले २२, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१, आरिफ शेखले १९ रन बनाउँदा पारस खड्का १ रनमा आउट भए ।

टस हारेर पहिला ब्याटिङमा आएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । श्रीलंकाका लागि साम्मु असनले नटआउट ७२ रनको योगदान गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार