होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा, क–कसले पाए टिकट ?
पत्रपत्रिका

नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा, क–कसले पाए टिकट ?

  • नागरिक रैबार
नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा, क–कसले पाए टिकट ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विद्या भट्टराई कास्की २ मा सोही क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन नागरिक उड्डयन्मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परेर निधन भएको थियो । वली भने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

त्यस्तै बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै