होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • उमेश प्रसाद अवस्थी (आदर्श)का दशै र तिहार विशेष गजल
धर्म / संस्कृति

उमेश प्रसाद अवस्थी (आदर्श)का दशै र तिहार विशेष गजल

  • नागरिक रैबार
उमेश प्रसाद अवस्थी (आदर्श)का दशै र तिहार विशेष गजल

खुशी छाओस परिवार जनमा,उमंग रहोस मनमा ।
खुशी नै खुशीको वास होस दशैँ र तिहारमा ।।

सधै खुशीको सन्नाट छाईरहोस दशैँ र तिहारमा ।
मनमा शान्तीको टुसा टुसाई रहोस दशैँ र तिहारमा ।

हरपल निर्भिक भई उभिईरहनु,संघर्षको चोकसित ।
विलाएको जोश जागर नि आईरहोस दशैँ र तिहारमा ।

विज्ञापन

आज्ञान भित्रको ज्ञान,कुरुपतामा भित्रको सौन्दर्यता खोज्नु ।
यस्तै सत्कर्मको बाटो पलाई रहोस दशैँ र तिहारमा ।

संघर्षका खुट्किला चढ्दै जानु निरन्तर ।
जिन्दगीले खुशीको आभास पाईरहोस दशैँ र तिहारमा ।

स्वभाव सधै मिठो बनाइ राख्नु जो सँग भए पनि ।
शत्रुले नि मित्रको गित गाई रहोस दशैँ र तिहारमा ।

मन सफा र स्वच्छ सुन्दर बनाई राख्नु निरन्तर ।
गन्धले पनि सुगन्धको भेटी पाईरहोस दशैँ र तिहारमा ।

भ्रष्ट व्यक्तिहरुको अन्त्य होस जिउने जिन्दगी बाट ।
मेरो देशको शिर सधै ठाडो रहोस दशै र तिहारमा ।

मेरो देशको शिर सधै ठाडो रहोस दशै र तिहारमा ।
मेरो देशको शिर सधै ठाडो रहोस दशै र तिहारमा ।।

मेरो देशको शिर यो हिमाल भन्दा पनी अझै ठुलो होस् मेरो देशको झण्डा अझै बढी फहराई रहोस् हिन्दुहरुको महान चाड विजया दशमी र शुभ दिपावलीको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजू भाई तथा दिदी बहिनीहरुमा उत्तरोत्तर प्रगती र दिर्घायुको मंगलमय शुभकामना ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार