होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामाजिक न्याय र जनताको आवश्यकता अनुसार छ सुदूरपश्चिम को बजेट: मन्त्री शाह
समाचार

सामाजिक न्याय र जनताको आवश्यकता अनुसार छ सुदूरपश्चिम को बजेट: मन्त्री शाह

  • नागरिक रैबार
सामाजिक न्याय र जनताको आवश्यकता अनुसार छ सुदूरपश्चिम को बजेट: मन्त्री शाह

नागरिक रैबार/बाजुरा १८ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानुन मिन्त्री प्रकाश बहादुर शाहले प्रदेश सरकारले हालसालै ल्याएको बजेट जनताको आवश्यकता र सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर आएको बताएका छन् ।
प्रदेश सरकाले ल्याएको बजेट बिरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर रुपमा प्रदेश संसद अवरुद्ध पारिरहेको अवस्थामा मन्त्री शाहले प्रदेश सरकार बार्ता र सम्वादबाट निकास खोज्ने प्रयासमा रहेको बताए । उनले भने संसद अबरुद्ध गर्नु पर्ने कुनै कारण र तुक छैन, तर पनि मेरो अगुवाईमा छलफल र सम्वाद थालनी गरिएको छ । केहि दिनमै समाधान भएर बजेट माथिको छलफल सुरु हुन्छ ।”
सदरमुकाम मार्तडीमा बुधबार प्रेस संगठन बाजुराले गरेको पत्रकार सम्मेलनमा मन्त्री शाहले बाजुराको बिकासमा प्रयाप्त बजेट विनियोजन गरिएको र बजेट कार्यान्वयन र सदुपयोगमा स्थानीय तह र नागरिकहरु स्वयमले पनि सजक हुनुपर्ने बताए ।
साथै उनले बिकासले गति पाउनका लागि स्थानीय तह प्रदेश सरकार र संघिय सरकारका जनप्रतिनिधिहरुको सहकार्य र एकता आबश्यक रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार