होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा चुनाव हारेपछि काँग्रेसका कार्यकर्तावीच कुटाकुट
राजनीति

बाजुरामा चुनाव हारेपछि काँग्रेसका कार्यकर्तावीच कुटाकुट

  • नागरिक रैबार
बाजुरामा चुनाव हारेपछि काँग्रेसका कार्यकर्तावीच कुटाकुट

नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका १ छतारामा वडा अध्यक्षको लागि भएको उपनिर्वाचन हारेको विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्तावीच आपसमा कुटाकुट भएको छ ।

शनिबार सम्पन्न भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका खगेन्द्र चंदारा नेकपाका मनराजे बुढासंग २० मतले पराजित भएको विषयलाई लिएर नेपाली काँग्रेसका भीम चंदारा र कालु चंदारावीच सोमबार आपसमा कुटाकुट भएको बताईएको छ ।

चुनाव हारेको विषयलाई लिएर छतारामा काँग्रेसका कार्यकर्तावीच कुटाकुट भएको खबरपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाट सोमबार छतारामा पुगेका थिए ।

विज्ञापन

कालु चंदाराको कुटाईबाट भिम चंदारा घाईते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने कालु चंदारालाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ ।  छतारामा शनिवार सम्पन्न भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका मनराजे बुढा २० मतको अन्तरले विजयी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार