होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • साग महिला भलिबलका लागि १८ खेलाडी छनोट
खेलकुद

साग महिला भलिबलका लागि १८ खेलाडी छनोट

  • नागरिक रैबार
साग महिला भलिबलका लागि १८ खेलाडी छनोट

काठमाडौं : नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला भलिबलतर्फ १८ खेलाडी दोस्रो चरणको छनोटमा परेका छन् । यसअघि प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १८ खेलाडीको प्रारम्भिक सूची तयार पारिएको हो । सात खेलाडी बाहिरिएका छन् ।

बाहिरिनेमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवरमगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल छन् । प्रशिक्षक जगदीश भट्ट र शलिना श्रेष्ठले साउन १ गतेदेखि प्रशिक्षणमा रहेकामध्ये १८ जनाको सूची तयार पारेका हुन् ।

छनोटमा पर्ने खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेश्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, अरुणा शाही, शान्ति थारू, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिया पुन, हीरा केसी, कमला पुन, सलिना श्रेष्ठ र शान्ति तामाङ रहेका छन् ।

विज्ञापन

टेबुलटेनिसमा २० खेलाडी

टेबुलटेनिसमा २० जना खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । पुरुष/महिलामा समान १०/१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबुलटेनिस संघले जानकारी दिएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र संयोग कपाली, पुलिसका प्रदीप रोका र चन्दन शाही, त्रिभुवन आर्मी क्लबका कृष्ण थापामगर, पुलिसका सुनील महर्जन र आर्मीका मणिकुमार लामा छनोट भए ।

यसैगरी महिलामा पुलिसकी नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्बाङ, रविना महर्जन र दीक्षा तामाङ, पुलिसकी एलिना महर्जन, एपीएफकी सेलिसा खड्गी, पुलिसकी सोनु थापामगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए । सागमा पुरुष/महिलामा समान पाँच/पाँच गरी १० खेलाडीले सहभागिताको अवसर पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार