होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • अब प्रयोगशालाका कर्मचारीलाई २५ प्रतिशत जोखिम भत्ता
Uncategorized

अब प्रयोगशालाका कर्मचारीलाई २५ प्रतिशत जोखिम भत्ता

  • नागरिक रैबार
अब प्रयोगशालाका कर्मचारीलाई २५ प्रतिशत जोखिम भत्ता

वैशाख १९

अब देखि प्रयोगशालामा कार्यरत कर्मचारीले जोखिम भत्ता पाउने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रयोगशाला कार्यरत कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । यद्धपी भत्ता कति दिने भनेर उनले खुलाएनन् ।

विज्ञापन

तर स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले जोखिम भत्ता कुल तलवको २५ प्रतिशत दिइने गरी निर्णय भएको बताइन ।

एक बर्ष अघि सरकारले खर्चमा मितव्यायिता ल्याउन भन्दै सबैखाले भत्ता खारेजी गर्ने निर्णय गरेको थियो । त्यसको कार्यान्वयन १ साउन २०७५ देखि लागू गर्ने बताएको थियो । सो निर्णयसंगै प्रयोगशालाका कर्मचारीहरुले पाउने गरेको भत्ता समेत काटिएको थियो ।

निर्देशक झाले सो विषयमा पुर्नबिचार गर्न र यसको सम्वेदनशीलता बारेमा जानकारी दिदै गएपछि सरकारले एक बर्ष अघिको निर्णय फिर्ता लिने निर्णय गरेको बताइन ।

त्यसो त कतिपय प्रयोगशालामा विकास समिति गठन आदेश अन्तरगर्त रहेका कतिपय कर्मचारीहरुले साढे १२ प्रतिशत भत्ता बुझ्दै आएको बताइएको थियो । तर सबैले त्यो सुविधा नपाएको झाको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार