होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • किन लोकप्रिय भयो एभेन्जर्स इन्डगेम : संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड
मनोरञ्जन

किन लोकप्रिय भयो एभेन्जर्स इन्डगेम : संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड

  • नागरिक रैबार
किन लोकप्रिय भयो एभेन्जर्स इन्डगेम : संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड

वैशाख १९

एभेन्जर्स इन्डगेम यो वर्षको सबैभन्दा बढी प्रतीक्षित फिल्म थियो। यो फिल्म प्रदर्शन हुनेबित्तिकै संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड लागेको छ। फिल्मले पहिलो दिनमै ३५ करोड डलर व्यापार गर्‍यो भने ६ दिनसम्म आइपुग्दा विश्वभरबाट एक अर्ब २० करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ। फिल्ममा थुप्रै सुपर हिरोजलाई एभेन्जर्सको रूपमा देख्न सकिन्छ।

यो फिल्मलाई आजसम्मकै महŒवाकांक्षी र पावरफुल सुपरहिरो फिल्मभन्दा फरक पर्दैन। यसलाई रोमाञ्चक साइन्स फिक्सन फिल्म पनि भन्न सकिन्छ। एमसीयूको २२औं फिल्म एभेन्जर्स इन्डगेम मार्बल कमिक्सका सुपर हिरो मन पराउनेका लागि हेर्नै पर्ने फिल्म हो।

विज्ञापन

तर यो फिल्म हेर्नुभन्दा पहिले यो फिल्मसँग जोडिएका अघिल्ला कथा थाहा पाउनु आवश्यक छ। अघिल्ला कथा थाहा नभए एभेन्जर्स इन्डगेमबाट दर्शकले मनोरञ्जन लिन सक्दैनन्।

फिल्मको लामो कथा बुझ्न दर्शकले सबैभन्दा पहिले इन्फिनिटी स्टोनको बारेमा थाहा पाउनुपर्ने हुन्छ। किनकि यो फिल्म पूरै इन्फिनिटी स्टोनकै वरिपरि घुमेको छ। यो यस्तो किसिमको पत्थर हो जुन ब्रह्माण्ड निर्माणको समयमा बनेको थियो।

यसमा स्पेस, टाइम, रियालिटी, माइन्ड, सोल र पावर गरी ६ पत्थर पर्छन्। यी पत्थरमा प्रकृतिका ६ आधारभूत शक्ति छ। नामअनुसार नै यी पत्थरमा स्पेस स्टोनले अन्तरिक्षलाई नियन्त्रण गर्न सक्छ भने टाइम स्टोनले समयलाई र अन्य पत्थरमा पनि यही गुण लागू हुन्छ।

यही पत्थरको शक्ति प्रयोग गरेर थेनोसले ब्रह्माण्डका आधा जीवलाई सखाप पारेका थिए। थेनोस टाइटन ग्रहबाट आएका एलियन हुन्। थेनोसलाई २०१८ मा आएको एभेन्जर्स इन्फिनिटी बारमा देख्न सकिन्छ। उनको यो विनाशकारी नीतिका कारण ब्रह्माण्डका थुप्रै ग्रह र त्यहाँ बस्ने जीव तथा मानिसको मृत्यु हुन्छ। थेनोसलाई पत्थरको गलत प्रयोग गर्नबाट रोक्न सुपरहिरो अर्थात् एभेन्चर्सको निर्माण गरिएको हो।

आइरन म्यान, थोर, हल्क, क्याप्टेन अमेरिका, ब्ल्याक विडो, वार मसिन, एन्ट म्यान, क्याप्टेन मार्बलकी क्यारोल ड्यानभर्सजस्ता शक्तिशाली सुपर हिरोलाई एभेन्जर्स इन्डगेममा देख्न सकिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार