होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले बाढी, पहिरो तथा डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरद्वारा विहीबार जारी विज्ञप्तिमा त्यसका साथै बेपत्ता भएकाहरुको तीव्र खोजी गर्न, घाइतेको उपचार र विस्थापितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरिएको […]
काठमाडौं । मुलुक कोरोना भाइरस (कोभिड– १९) को महामारीले हायलकाल हुँदै गएको छ । चार महिना लामो लकडाउनलाई सरकारले केही साता अघि खुकुलो तुल्यायो तर कोरोना संक्रमण बढ्दै गएका कारण देशको ५० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गर्नुपरेको छ । कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लगातार ध्यानाकर्षण […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध […]
काठमाडौं- पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् । सरकारकै लापरबाही र अहंकारले अहिले कोरोना संक्रमण भयावह अवस्थामा पुगेको थापाले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो […]
१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
काठमाडौँ — सिन्धुपाल्चोकको जम्बुमा गत असार २५ गते गएको पहिरो निरीक्षण गर्न सबै दलका नेताहरू हेलिकप्टर लिएर गए । हेलिकप्टर लैजान सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, सत्ता र प्रतिपक्षी दलका नेता एवं कार्यकर्ताबीच तँछाड–मछाड नै चल्यो । घाइतेलाई एउटै हेलिकप्टरमा राजधानी ल्याउन सकिने भए पनि नेताहरूको होडबाजीका कारण ६ जना घाइतेलाई उद्धार गर्न ५ […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य […]
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेकी छिन् । सो अवसरमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको […]
३२ साउन, काठमाडौं । संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो […]
काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि […]
महेश कार्की/कोल्टी २८ साउन। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोे छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सदस्य बलदेव रेग्मी प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै नेपाल […]
काठमाण्डाै – नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम ‘द इण्डियन एक्सप्रेस’ ले जनाएको छ । भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि […]
२६ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्यो ।’ कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने […]
काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका […]
‘म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु, जनताको नाममा सपथ लिन्छु कि, नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहीत रहेको, नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताइ, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, […]
काठमाडौं: कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री […]
काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले गरेको निर्णय इन्कार गर्दै अघि बढेपछि त्यसयता द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरुले पार्टीभित्र जारी संघर्ष पद प्राप्तिका लागि नभई खराव प्रवृत्तिकाविरुद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि […]
२१ साउन, काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । बिना पूर्व सूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत बालाजुमा रिले अनशन समेत थालेका छन् । घर भत्काइएका मध्येका एक भीमदेव श्रेष्ठले अदालतको आदेश समेत नटेरी सरकार उठीबास […]