होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्याएको क्षति प्राथमिकतामा परेको छ । तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ । गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन् । त्यसबाहेक नेकपाको स्कुल विभागमा जारी विवाद, पूर्वमाओवादीलाई विनाप्रतिस्पर्धा मेलम्चीको ठेक्का, १८ सय […]
नागरिक रैबार/ साउन ७ । बाजुरा घर भएकी बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको छ । भारतको पूर्वी दिल्लीको सुक्करपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ कुडी हो । चदाराँ बुवा देब चदारा र आमासँगै भारतमा दिल्लीमा बस्दै […]
प्रमित बि . क/ बाजुरा, साउन ७ । गौमुल गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ ।, गौमुल गाउँपालिकालाई सुचना र प्रविधियुक्त गाउँपालिका बनाउन ३ नम्बर वडामा इन्टरनेट जडान गरिएको हो । गाउँपालिकाका सम्पूर्ण कामहरु ईन्टरनेटको माध्यामबाट वडा कार्यालयमा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । सेवागा्रहीलाई प्रविधिमैत्री र सुचना छोटोछरितो सार्वजनिक […]
काठमाडौँ, साउन ७ गते । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना […]
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपि कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् । बीपि कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा सहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बीपिको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे । संघीय संसद्मा प्रमुख प्रतिपक्ष […]
सुर्खेत — कर्णाली प्रदेश सरकारले साविक कर्णालीका ५ जिल्लामा आवासीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । आगामी तीन वर्षभित्र सञ्चालन हुने गरी चालु आर्थिक वर्षबाट काम सुरु गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पामा एक–एकवटा विद्यालय स्थापना गरिने सामाजिक विकासमन्त्री दल रावलले बताए । उनका अनुसार ती विद्यालयमा कक्षा ८ देखि १२ […]
काठमाडौँ — सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर […]
धनगढी, साउन ६ । कैलालीको घोडाघोडी नगरपालिका-११, सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्। घोडाघोडी नगरपालिका-११ बस्ने ५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको हो। घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले […]
६ साउन, काठमाडौं । पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले आइतबार गरेको २ सय ३५ नेताको कार्यविभाजन आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेकका अन्य सामग्रीमा भने विविधता छ । कान्तिपुरले नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चुलिएको लेखेको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र […]
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा […]
डोल्पा – काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी। ‘गाडी […]
प्रमित बि.क/ बाजुरा २९ असार । बाजुराको गौमुल गाउँपालिकामा वडा न. ६ का कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक सहयोग गौमुल गाउँपालिका कृषि शाखाको समन्वयमा उतm वडाका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा वितरण गरिएको हो । एक स्थानीय तह एक कागती गाउँ अभियान र कृषि ज्ञान केन्द्र बाजुरा र गौमुल […]
काठमाडौं, असार २९ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएरातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश […]
२८ असार, काठमाडौं । सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ । शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । बैठकले राहत […]
भोजपुर :अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो। घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु […]
डडेल्धुरा, असार २२ । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर आइतबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। घाइते १३ जना मध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरास्थित डडेल्धुरा […]
काठमाडौं : परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि […]
नागरिक रैबार/बाजुरा २१ असार। प्रतिनिधि सभा सदस्य एंव् माननीय सांसद लालबहादुर थापाले पुर्वाधार विकास योजनाहरुको अनुगमन गर्नु भएको छ । शनिबार विहान बडीमालिका नगरपालिकामा वडा नं.८ खर्रामा पुर्वाधार विकास निर्माण योजना अन्तरगत निर्माण सम्पन्न भएको खर्रा सिंचाई कुलोको अनुगमन गर्नु भएको हो । पुर्वाधार विकास निर्माण योजना अन्तरगत १५ लाख र स्थानीयको ३ लाख रकम […]
बाजुरा, २१ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा […]
काठमाडौं : शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो।अन्नपुर्ण पोष्टबाट