होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि […]
नागरिक रैबार/बाजुरा २१ असार। प्रतिनिधि सभा सदस्य एंव् माननीय सांसद लालबहादुर थापाले पुर्वाधार विकास योजनाहरुको अनुगमन गर्नु भएको छ । शनिबार विहान बडीमालिका नगरपालिकामा वडा नं.८ खर्रामा पुर्वाधार विकास निर्माण योजना अन्तरगत निर्माण सम्पन्न भएको खर्रा सिंचाई कुलोको अनुगमन गर्नु भएको हो । पुर्वाधार विकास निर्माण योजना अन्तरगत १५ लाख र स्थानीयको ३ लाख रकम […]
बाजुरा, २१ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा […]
काठमाडौं : शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो।अन्नपुर्ण पोष्टबाट
प्रमित विक/ बाजुरा २१ असार । सदरमुकाम मार्तडीबाट अन्य गाउँपालिका तथा नगरपालिकाका विभिन्न गाँउ–गाउँमा चल्ने यातायातका साधानहरु लगातारको वर्षाका कारण बन्द भएका छन् । जिल्लामा शुक्रबार बाट निरन्तर वर्षा भएपछि जिल्लाका अधिकाँस ग्रामिण सडकहरु हिलाम्मे बनेका छन् । शुख्खा समयमा निरन्तर संचालन भईरहेका सडकहरु यति वेला निरन्तर वर्षा हुन थालेपछि सडक हिलाम्मे र सडक माथिबाट […]
जाजरकोट – शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए। उनीहरु असार १५ गते विद्यालय बन्द भएपछि पढाइ खर्च जुटाउन विकास निर्माणको काममा सक्रियतापूर्वक लागेको बताउँछन्। उमेर छिपिएका मानिस काममा आउँदा काम ढिलो गर्नुका […]
काठमाडौं, असार २१। नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ। गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय […]
काठमाडौं, आज पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको […]
हुम्ला –राम्रोसंग पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौं पुर्याईएका १२ जना बालबालिकाहरुलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकको जिम्मा लगाईएको छ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहबाट फिर्ता ल्याईएका ती बालबालिकाहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको हो । गत मंसीरमा स्थानीय एजेन्टहरुले ती बालबालिकाहरुका अभिभावकहरुसंग ३५ देखि एक लाख रुपियाँसम्म पैसा असुल गरेर ती बालबालिकाहरुलाई काठमाडौ पुर्याईएका […]
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिदषको सुदूरपश्चिम प्रदेश कार्यलयले यस प्रदेश अन्तर्गतका बिभिन्न बिद्यालयहरुवाट एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरी यस प्रदेशका बेरोजगार, अर्ध-बेरोजगार, कामको खोजीमा रहेका तथा प्राबिधिक शिक्षा अध्ययन गर्न चाहेका युवा युवतीहरुलाई समेतलाई प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको बारेमा जानकारी गराउन, आफ्नो रुची, खुबी र क्षमता अनुसारको शिक्षा तथा सीपका […]
नागरिक रैबार/ बाजुरा १८ असार । दुर्गमका महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्ला सदरमुकाम मार्तडीमा सूरु भएको ३ महिने (३९०) घण्टे तालिमको आज समापन गरिएको छ । प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलाली र खप्तड व्यवसाय उद्धमशिलता परामर्श तथा तालिम केन्द्र संस्थाद्धारा बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. १ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उहाँले भन्नुभयो, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।” उहाँले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभयो […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरा जिल्लाको स्वामिकार्तिक खापार गाउँपालिका वडा न.ं १ का दलित युवा काठमाण्डौमा संगठीत भएका छन् । अध्ययनको शिलसिलामा दुर्गम गाउँबाट काठमाण्डौ गएका दलित युवाहरुले काठमाण्डौंमा नेपाल दलित समाज सुधार क्लव गठन गरी संगठित भएका छन् । दुर्गमका दलित विद्यार्थीहरुले अहिले सम्म काठमाण्डौं लगायतका विभिन्न शहरमा अध्ययनका क्रममा भोग्नु परेका समस्यालाई […]
धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठकमा प्रतिपक्षीदलहरुले अवरोध सिर्जना गरेका छन् । बिहीबार रोष्ट्रम अगाडि ‘लुटतन्त्र मुर्दावाद’, ‘वितरणमुखी बजेट चाहिदैन’ जस्ता नारा लगाउदै प्रतिपक्ष दलहरुले संसद अवरोध गरेका हुन् । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बजेट संशोधन हुनपर्ने माग राख्दै आएका […]
काठमाडौँ — प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ । मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको […]
भक्तपुर : सरकारी एवं सामुदायिक विद्यालयको पढाइ स्तर अझै उठ्न सकेको छैन। सरकारले सामुदायिक विद्यालयको क्षेत्रमा गरेको लगानीअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम चित्त बुझ्दो देखिँदैन। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको परीक्षाफलअनुसार सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै खस्केको देखिन्छ। शिक्षा मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बिहीबार […]
काठमाण्डाै २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा […]