होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएकाे छ ।बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले […]
नागरिक रैबार दार्चुला १४ फागुन दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । भारतसँग सीमा जोडिएका दार्चुलामा ६ नाकाहरु छन् । ति सबै नाकाहरु कोरोना महामारीका कारण सरकारले चैत ११ गते बन्द गरेको थियो । अहिले दार्चुलाको सदरमुकाम खलंगाको नाका खुल्यो, अरु खुलेका छैनन् । त्यसबाहेक सबैका आ–आफ्नै पायकपर्ने लेकमको […]
बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।खप्तड होम स्टेको सहयोगमा भोलि(आइतबार)बाट दिपायलदेखि बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। भोलि नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’को शुभारम्भ गर्ने उनले बताए। उक्त प्याकेज माघ २५ […]
१५ माघ, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । खप्तडको प्रमुख प्रवेशद्वार झिंग्रानाबाट हेली टुर प्याकेजको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले […]
नागरिक रैबार/बाजुरा १९ भदौ। दक्षिण कोरियाको विमानस्थलमा ४० जना नेपाली अलपत्र परेका छन् । दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती र ३६ जना युवा अलपत्र परेका हुन् । शुक्रबार बिहान स्थानीय समय अनुसार ५ बजे दक्षिण कोरियाबाट काठमाडौंका लागि कोेरियन एयरलाइन्सले उडान भर्ने तालिका थियो । सो उडानमा २ सयभन्दा बढी नेपालीले स्वदेश फर्किनको […]
काठमाडौं १६ भदौ । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता […]
काठमाडौं- सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्चको आदेशमा भनिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]
धनगढी – सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ ।तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित […]
अत्तरिया – कैलालीको अत्तरियामा ट्रकको टक्करवाट एक बृद्धाको मृत्यु भएको छ । आज साझ बझाङवाट दाङ तर्फ जादै गरेको ना १ क ७८४१ नम्बरको ट्रकको टक्करवाट गम्भिर घाईते कञ्चनपुरको भिमदत्त नगपालिका वडा नं ९ बह्रमदेव बस्ने ७० बर्षिया मानमति भट्टको उपचारका क्रममा मृत्यु भएको हो । गोदावरी नगरपालिका वडा नं २ अत्तरिया स्थित पाहाड रोडमा उनलाई […]
दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ […]
ऐतिहासिक पृष्ठभुमि :हिमालका काखमा अवस्थित हिमखण्ड नेपाल जहाँको सँस्कृतिक सनातन आर्य धर्ममा सर्माहित भइ युगयुग देखि चलायमान छ । अनेकैँ हिमसिखर देत्वको सवाल सँगै भगवान शिवको आवास छ । नेपाल धर्ति भित्रको मालिका हिम शिखर सुदुर पश्चिम बाजुरा जिल्लाको पूर्व दक्षिणमा अवस्थित शैफाल हिमालको हिम शृखला हो । समुद्रि सतहबाट ४२१४ मिटर उचाइमा रहेको मालिका […]
प्रमित विक/ बाजुरा २१ असार । सदरमुकाम मार्तडीबाट अन्य गाउँपालिका तथा नगरपालिकाका विभिन्न गाँउ–गाउँमा चल्ने यातायातका साधानहरु लगातारको वर्षाका कारण बन्द भएका छन् । जिल्लामा शुक्रबार बाट निरन्तर वर्षा भएपछि जिल्लाका अधिकाँस ग्रामिण सडकहरु हिलाम्मे बनेका छन् । शुख्खा समयमा निरन्तर संचालन भईरहेका सडकहरु यति वेला निरन्तर वर्षा हुन थालेपछि सडक हिलाम्मे र सडक माथिबाट […]