होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एकाध घटनामा प्रतिक्रिया दिनेबाहेक युवा विद्यार्थी संगठन निष्क्रियप्रायः देखिनु समग्र युवा विद्यार्थी नेतृत्वका लागि चुनौतीको विषय हो दरबारिया निरंकुशता, एकात्मक शासन प्रणाली, राजनीतिक दलहरूको टुटफुट, आवधिक निर्वाचनको अभाव आदि कारणले नेपाल लामो समय राजनीतिक अस्थिरताको चक्रव्यूहमा फस्यो । अस्थिरताले नै नेपालको समग्र राजनीतिक, आर्थिक र सामाजिक विकास प्रक्रिया सुस्त बन्यो । पछिल्लो समयमा जननिर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण, […]
मुलुकका अधिकांश ठूला राजनीतिक दल आन्तरिक विवादबाट गुज्रिँदै आएका छन्। सत्ता समीकरणको अभ्यासमा रहेका ती दल यो मामिलाबाट अझ प्रभावित र निर्देशित छन्। यसले देशको समग्र विकासमा असर परेको छ। आन्तरिक कलहको परिणाम पार्टीले ‘रफ्तार’ लिन नसकेको आम बुझाइ छ। पार्टी गतिशील नहुँदा त्यसले हाँकेको सरकार प्रभावकारी हुन सक्दैन। सरकार चलायमान हुन नसक्नुको परिणाम विकासमा […]
नेपालीको ठूलो चाड विजयादशमी र दीपावली लगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्। दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन्। उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल […]
काठमाडौं । आर्थिक वर्ष (२०७६/७७) को पाँचौ महिना चलिरहँदा समेत ३७ स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । संविधानको प्रावधानअनुसार अब उनीहरुले संघबाट पाउने अनुदान रोकिने भएको छ । सबै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले अघिल्लो आर्थिक वर्षभित्रै बजेट सम्बन्धित सरकारको व्यवस्थापिकामा पेश गरी पारित गर्नुपर्ने संविधानमा स्पष्ट व्यवस्था छ । नयाँ […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा बुढीगंगा नगरपालिका ५ का भरत थापालाई नियुक्त गरिएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको मंसिर ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार थापालाई बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएकाे छ। नियुक्त गरिएका थापा नेपाल कम्युनिष्ट पार्टी […]
आजको युग लोकतान्त्रिक बिज्ञानको युग हो । बिज्ञानका हजारौं तथ्थहरुले मान्छे सबै एउटै भन्ने कुरा प्रमाणित गरिसकेको छ । यो एकपटक मात्र होईन । सयौं पटक प्रमाणित भईसकेको छ । हिन्दु धर्मका नाममा कथित पण्डित बाह्मण भन्नेहरुले धर्मको नाममा जातीय भेदभाब तथा छुवाछुत प्रथालाई कामय गरिरहेका छन । त्यसैको सहाराले दलित समुदायलाई कथित अछुत र […]
कैलालीको लम्कीचुहा नगरपालिकाले जस्तै धनगढीमा उप–महानगरपालिकाले पनि कानून मिच्दै सडक कालोपत्रेका योजना उपभोक्ता समितिलाई दिएको पाईएको छ। गत आर्थीक वर्ष कार्यानवयन भएका सडक कालोपत्रेका योजना समेत उपभोक्ता समितिको जिम्मा दिएको पाईएको हो। सार्वजनिक खरिद ऐन अनुसार सडक कालोपत्रे योजना उपभोक्ता समितिलाई दिन नपाईने भएपनि धनगढी उप–महानगरपालिकाले भने दिईरहेको हो। उप–महानरपालिकाकै वडा नम्बर ११ मा गत […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले आफ्नो ४८ औं जन्मदिन धनगढीस्थित आमाको छात्रबासमा मनाएका छन् । विहिबार मन्त्री शाहले आफ्नो ४८ औं जन्मदिनकाे अवसरमा धनगढीस्थित आमाको छात्रावासमा पुगेर छात्रबासमा आश्रित अनाथ बालवालिकाहरुसंग मनाएका हुन् । जन्मदिनको अवसरमा मन्त्री शाहले छात्रबासमा रहेका अनाथ बालवालिकाहरुका लागि खाद्यान्न तथा फलफूल समेत […]
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनसँगै बहिर्गमनमा परेका धेरै मन्त्रीहरु नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्न आफैं मन्त्रालयमै पुगे । असल राजनीतिक संस्कार देखाउँदै उनीहरुले एकअर्कालाई अंकमाल गरे र सफल कार्यकालको शुभकामना दिए । निवर्तमान मन्त्रीहरु गोकर्ण विष्ट, चक्रपाणि खनाल, रघुवीर महासेठ र थममाया थापाले आआफूले सम्हालेका मन्त्रालयका नवनियुक्त मन्त्रीहरुलाई स्वागत गरे । आगामी कार्यकालको शुभकामना दिए । तर […]
दयाराम पण्डित/ बाजुरा ३ मंसिर । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त […]
बाजुरा ३ मंसिर ।सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर १६ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिएको छ । भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। डडेल्धुरा, बझाङ, अछाम बाजुरा लगायतका जिल्लाका साथै भारतका विभिन्न स्थानमा पनि धक्का महशुस […]
काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’मा परेको […]
रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने […]
नागरिक रैबार/बाजुरा २ मंसिर । बाजुरा बडीमालिका नगरपालिका सेल्लेना गाउँमा पहिलो पटक बत्ती बलेको छ । हाल सम्म विद्युत सुविधा नपुगेको सेल्लेना गाउँमा पहिलो पटक बिजुली बलेसंगै स्थानीयबासी खुशी भएका छन् । आईतबार नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितले मिटरबक्सकोे स्वीच अन गरेपछि सेल्लेनामा पहिलोपटक विद्युत बल्यो । बिजुली बलेपछि सेल्लेना गाउँका ९० घरधुरी उज्यालोमा […]
नागरिक रैबार/बाजुरा २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ । मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशनबाट गम्भिरसिंह गुरुङ्ग (भोटे) अध्यक्षमा चयन भएका छन् । नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशनबाट गुरुङ्ग सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै संघको केन्द्रिय उपाध्यक्षमा चन्द्र विष्ट (भोटे) सचिव दावा गुरुङ्ग (भोटे), कोषाध्यक्षमा, जनक भण्डारी (भोटे) सहसचिव विमला थापा (भोटे) […]
नागरिक रैबार/बाजुरा १ मंसिर । जिल्ला कारागारमा रहेका कैदीवन्दीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । समरजित गुल्मको समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा कैदीबन्दीहरुलाई शैक्षिक सामाग्री स्वरुप ३० वटा कापी, ३० कलम, १५ वटा मार्कर र ह्वाइटबोर्ड सहयोग गरिएको हो । समरजित गुल्म थापाथली व्यारेक मार्तडी बाजुराले आईतबार कारागार परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कैदीबन्दीहरुलाई […]
काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् । कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको […]
नागरिक रैबार/ बाजुरा ३० कार्तिक । कैलालीमा अनेरास्वयू बाजुरा घर भएका विद्याथीहरुले एकता मंच कार्यसमिति गठन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसको सभाहलमा भएको बाजुरा जिल्लाका विद्यार्थीको एक भेलाबाट जिल्लाको बडीमालिका नगरपालिका वडा नं.७ का अर्जुन जोशीलाई अध्यक्ष हुनेगरी एकता मंच कार्यसमीति गठन गरेको हो । उक्त भेलाबाट बाजुराका विद्यार्थी एकता मंच कार्यसमिति गठन गरिएको […]
नागरिक रैबार / बाजुरा ३० कार्तिक । नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन बाजुरामा आजबाट सुरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा नेपाल भोटे जनजात सेवा समितिको ११ औँ साधारण सभा तथा ५ औँ केन्द्रीय अधिवेशन सुरु गरिएको हो । नेपाल भोटे जनजाती सेवा समितिले २०५७ सालमा स्थापना गरेको समितिको मौलीक भाषा, धर्म, सस्कृती,संस्कार […]