होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन […]
नागरिक रैबार/बाजुरा १४ जेठ। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा संचालन रहेको कोरोना भाईरस (कोभिड – १९ ) सम्बन्धी क्वारेन्टाईन मानवबस्ती नजिकै राखेको भन्दै बडीमालिका नगरपालिका ९ का स्थानीयहरुले आज एक सामुहिक भेलाको आयोजना गरि आपत्ती जनाएका छन् । कोरोना भाईरस (कोभिड –१९ ) सम्बन्धी क्वारेन्टाईन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को […]
दयाराम पण्डित बाजुरा १४ जेठ । पश्चिम रुकुमका नवराज बिक लगायत तीन जनाको बीभत्स हत्यासहित दर्जनौं बेपत्ता पारेको र बाजुरा जिल्लाकै युवा विद्यार्थी कमल उखेडाको हत्याको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै नेबिसंघ बाजुराले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । एक साता अगाडी सदरमुकाम मार्तडीमा भएको उखेडाको घटना र पश्चिम रुकुममा जाती […]
टोप प्रकाश वि.क./टीकापुर, जेठ १४। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सात पहाडी जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । प्रदेश अध्यक्ष अर्जुन शाहको नेतृत्वमा सातवटै जिल्लामा पुगेको टोलीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्र्तक्रियाका क्रममा सञ्चारकर्मीहरुले कोरोनाको महामारी रोक्नका लागि भैरहेको लकडाउनका कारण पत्रकारिता निकै समस्या […]
शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा मानव अधिकार र नेपालको संविधान बिपरित छ। सदियौ देखि नेपालमा जरा गाडेको छुवाछूत र दलित मुक्तिको आन्दोलनमा ठुलो योगदान दिएको अघिल्लो पुस्ता सङ्गै हाम्रो पुस्ताले पनि मुल्य चुकायको छ। विश्व अहिले डिजिटल युगमा स्वतन्त्रता जीवन जिउने अधिकारका लागी र प्रेम गरेको प्रेम पाउनका लागि अबोध युवाहरु […]
विकास भनेको रुपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तनस्थानीय अर्थतन्त्रको दीर्घकालीन र दिगो रुपान्तरणका लागि विकास प्रक्रियाले मूलतः चारवटा अन्तरवस्तुलाई अङ्गिकार गर्न बिर्सनु हुँदैन । उक्त अन्तरवस्तु अन्तर्गत (क) उत्पादन र उत्पादकत्वमा वृद्धि(ख) सम–न्यायिक वितरण(ग) प्राकृतिक स्रोतहरुको दिगो प्रयोग र […]
एकाइसौ शताब्दीमा मध्यकालीन छुवाछूत प्रथा कायम रहनु बिडम्वना हो । मान्छेलाई कुटिकुटी मार्ने बाच्न नदिमा पसेको मान्छेलाई ढुङ्गाले हान्ने काम कुनै पनि मानवले गर्न सक्तैन।अन्तरजातीय प्रेमकै कारण जीवन नरहनु २१औ शताब्दीमा कुन हदसम्मको क्रुर घटना होला ? सोच्न पनि सकिँदैन । कानुनबाट हटिसकेको कुरा जातीय भेदभाव तर मान्छेको मन र ब्यबहारबाट हट्न सकेको छैन। मान्छेको […]
जाजरकाेट १४ जेठ । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]
बर्दिया — गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए । अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए । मंगलबार राति ८ बजे उनको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको […]
सोतीबाट फर्किएर नाउला पुगिसकेपछि आएर चिर्पट, हँसिया र ढुंगाले हाने’ ‘प्रहरीले सिट्टी बजाएजस्तो गरेर हेरेरमात्रै बस्यो’ जाजरकोट — भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’ नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ […]
भ्लादिमिर लेलिन सुपरिचित नाम हो । मात्र २७ वर्षको उमेर थियो, लेलिनको । जुन बेला उनी विश्वसामु परिचित भइसकेका थिए । २२ अप्रिल सन् १८७० मा कम्युनिस्ट आन्दोलनको चर्चाले विश्व आश्चर्य चकित थियो । तर, उमेर कलिलो भए पनि विचार र व्यक्तित्वमा कुनै अपरिपक्वता थिएन । जनक्रान्तिको फरक सन्देश विश्वलाई सुनाउनु थियो । कम्युनिस्ट विचारको […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा१३ जेठ।भारत तथा नेपालका विभिन्न ठाउँबाट मंगलबार मात्रै बाजुरामा २७४ जना जिल्ला भित्रिएका छन् । बाजुरा जिल्लामा नौं वटा पालिका २७४ जना एकैदिन जिल्ला भित्रीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका, नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीकहरु […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले नवराज विकको हत्या प्रकरणमा दोषी देखिएका सवैलाई कारवाहीको माग गरेको छ । मंगलबार उक्त घटनामा दोषी रहेकाहरुलाई कारवाहीको माग गर्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएका छन् । जेठ १० गते शनिवारका दिन कर्णाली प्रदेशको पश्चिम रुकुम […]
अन्र्तजातिय प्रेमका कारण जाजरकोटका २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्या भएपछि नेपाली कलाकर्मीले यस्को खुलेर बिरोध गरिरहेका छन् । नायिका केकी अधिकारीले जातिय विभेदको नाममा हत्या नै गर्ने नेपाली समाजको चर्को बिरोध गरेकी छिन् । के फुर्ति लाउनु समाज भनेर? यस्तो छ हाम्रो समाज। यो हो वास्तविकता हाम्रो। परिवर्तित समाज रे। खै जसको […]
१३ जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
राजविराज : कोरोनाको लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएको छ। अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप-११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो । अत्यधिक ज्वरो र […]
अर्घाखाँची : क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु […]
काठमाडौं – कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क […]
१२ जेठ, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना […]