होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवराज विक हत्या काण्डकाे विषयमा नेबिसंघ बाजुराद्वारा बिरोध
समाचार

नवराज विक हत्या काण्डकाे विषयमा नेबिसंघ बाजुराद्वारा बिरोध

  • नागरिक रैबार
नवराज विक हत्या काण्डकाे विषयमा नेबिसंघ बाजुराद्वारा बिरोध

दयाराम पण्डित

बाजुरा १४ जेठ ।

पश्चिम रुकुमका नवराज बिक लगायत तीन जनाको बीभत्स हत्यासहित दर्जनौं बेपत्ता पारेको र बाजुरा जिल्लाकै युवा विद्यार्थी कमल उखेडाको हत्याको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै नेबिसंघ बाजुराले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ ।

विज्ञापन

एक साता अगाडी सदरमुकाम मार्तडीमा भएको उखेडाको घटना र पश्चिम रुकुममा जाती विभेदको प्रराकाष्ठा स्वरुप युवाको ज्यान लिने गरी भएको हत्याको बिरोध जनाउँदै कालोपट्टी, कफन,सहित पम्पलेट छातीमा टाँसेर मार्तडीको बीच वजार लोकतान्त्रीक चोकमा विरोध जनाएका हुन् ।

नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनकवहादुर थापाको नेतृत्वमा भएको विरोध कार्यक्रममा कोही कसैले पनि जातियताकै कारण ज्यान गुमाउनु भनेको कानुनी राज्यको उपहास गर्नु नै हो । घटनालाई जातीयतामा र राजनीतिकरण गर्नु दुर्भाग्य भएको उपाध्यक्ष थापाले बताए । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ जो दोषी छ उसलाई हदैसम्मको कारबाही हुनैपर्छ जोडदार माग गर्दछौं उपाध्यक्ष थापाले भने ।

कम्युनिस्ट सरकारकै आडमा दिनहुँ यस्ता अमानवीय घटना घटेको भन्दै नेबि संघ त्रिभुवन विश्वविधालय समिती सचिव,कांग्रेस युवा नेता योगेन्द्र रावलले नेपालको संबिधान २०७२ ले नै जातिय विभेद अन्त्य गरेको र उक्त घटना मनवअधिकार को बिरुद्द भएको बताए ।

नेता रावलले नेबिसंघ जहिले पनि कानुनी राज्यको पक्षमा रहेको भन्दै जिल्लामा दलित भएकै कारण कसैले ज्यान नै मार्छ भने आफू शिरमा कालो पट्टि बाधेर सडकमा उत्रिने बताए । रावलले हिजो कम्युनिस्टहरुले दलितको मतकै कारण सत्तामा पुगेको र उनिहरुलाई नै अहिले दवाउने कार्य भैरहेको भन्दै यी दुबै घटनाको मात्र होईन निर्मला बलात्कार पछि हत्या काण्डका दिषिसमेतको सत्यतथ्य छानबिन गरि दोषी उपर कार्वाही गर्न माग गरेका छन। कार्यक्रम नेबिसंघ उपाअध्यक्ष जनक थापाले हामी निरन्तर अन्यायको बिरुद्द लड्ने बताए ।

नेबिसंघ सुदुर(पश्चिम(काठमाडौं सम्पर्क समिति उपाध्यक्ष भरत बुढाले जिल्लामा कमल उखेडा दलित भएकै कारण मर्नुपर्ने अवस्था कसरी सृजना भयो ? भन्ने प्रश्न गरे कार्यक्रममा विद्यार्थी नेता दिपक रोकाया लगायत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति थियो। नेबिसंघले लकडाउनको समयमा पनि सामाजिक दुरि कायम गरि सभ्य रुपमा बिरोध प्रदर्सन गरेको थियो । यसैवीच रुकुम पत्तिमको घटनालाई लिएर बाजुराका दलित अधिकारकर्मीले सहायक प्रमुख जिल्ला अधिकारी शमीर भण्डारी समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार