होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् । सबिनलाई […]
नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ […]
२८ जेठ, सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख […]
हाम्रो देश नेपाल कृषि प्रधान देशको नाममा परिचित छ । तापनि मुलुकका अधिकांश कृषि जन्य बस्तुहरु विदेशबाट आयात गरी हाम्रो आवश्यकता परिपूर्ति गर्नु परिरहेको बाध्यता छ । झण्डै ८० प्रतिशत भन्दा बढि जनता कृषिमा आश्रित रहेको सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्यांकले देखाएपनि हरेक बर्ष अरवौ रुपैयाँको कृषि उपजहरु आयात गर्नु आफैमा लाजमर्दो कुरा हो । […]
नागरिक रैबार/बाजुरा २८ जेठ। जिल्लाको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मी माथि हातपात भएको छ । त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्स्थ सेवा केन्द्रका अहेवलाई क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा त्रिवेणी १ छताराका भिमबहादुर मिजारले ढंगा प्रहार गरेको त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहेव राम बहादुर […]
नागरिक रैबार/बाजुरा २८ जेठ । यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका […]
नागरिक रैबार/बाजुरा २८ जेठ। सदरमुकाम मार्तडीको कराला देखि गणखेत हुँदै बडीमालिका ३ को रजाली सम्म जाने पक्की बाटो निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको पुर्वाधार विकास अन्तरगत १० लाखको लागतमा साँफे मार्तडी सडक अन्तगरत पर्ने करालादेखि गणखेत खोला सम्म मेसिनरी वाल सहितको पक्की बाटो निर्माण हुन् लागेको हो । उक्त बाटोको बुधबार विहान […]
काठमाडौं – साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । लकडाउन लम्बिदै गएपछि […]
नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ। हाल देशको […]
जोगागाउँ : बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका […]
काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए । कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका […]
भीमदत्तनगर : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछालगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब एक अर्ब मूल्य बराबरको क्षति भएको छ। मन्त्रालयका प्रवक्ता एवं […]
२७ जेठ, काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो […]
बाँके- बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ ।शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ ।. videos Breezy Bri शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको […]
आज बस्ने प्रतिनिधिसभाको बैठकमा ८ मन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजे तय गरिएको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ कार्यसूची रहेको छ । आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह […]
धनगढी : अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो। भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो। उनको कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएको बताउँदै जिल्ला […]
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ। स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको हो। स्वास्थ्य चौकीले आज सूचना जारी गर्दै बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म […]