होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ मंसिर। स्थानीय सरकारका कामकारवाहीहरू जनतामूखी र जवाफदेही बनाउनका लागि बडीमालिका नगरपालिकाको आयोजना र GIZ नेपालको सहयोगमा मंसिर २५ र २६ गते गरी २ दिने गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख बडुवालको अध्यक्षतामा सन्चालित कार्यक्रममा नगर उप प्रमुख कविता बिष्ट, ९ वटै वडाका वडाध्यक्ष, नगरपालिका सवै शाखाका शाखा प्रमुखहरू, नेपाल पत्रकार महासंघ […]
सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । मौसममा आएको परीबर्तन सँगै प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको हो । मँसिरमै हिमपात सुरु भएपछि हिमाली तथा पहाडी जिल्लाका उच्च लेकाली भागमा भने चिसोको मात्रा बढेको बताईएको छ । पहाडी भेगका हिमपात नहुने स्थानमा भने पानि परेपछी किसान हर्षित भएका छन […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने ओली निकट नेताहरुले बताएका छन् । गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन ओली भौतिक रुपमा अनुपस्थित भएका थिए । स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओली आजको […]
नागरिक रैबार/बाजुरा २८ मसिर। जिल्लाकाे बडीमालिका नगरपालिका वडा न ६ काेर्थमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, बडिमालिका नगरपालिका पशु सेवा शाखा, सहयोगी हातहरुको समुह (सहास) नेपाल, लिफ्ट परियोजना बाजुरा को संयुक्त आयोजनामा उक्त शिविर बडिमालिका नगरपालिका वडा नं ६ कोर्धमा सम्पन्न भएकाे पशु […]
बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भन्नुभयो, “छाउगोठमा […]
कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार सम्बन्धी ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने उनीहरुको भनाइ छ । कोरोना भाइरसको महामारी पछि मानव अधिकार उलंघनका घटनामा बढेका छन् । […]
सरकार जनतालाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध कसरी गराउन सकिन्छ भन्नेबारे छलफलमा जुटेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका हुन् । पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई […]
अछामः अछामको बढीगंगा नदीमा वृद्धको शव फेला परेको छ । जिल्लाको साँफेबर नगरपालिका वडा नम्बर ४ मा ७२ वर्षिय भन्द्रबहादुर स्वारको शव फेला परेको अछाम प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका स्वारको शव नदीमा भेटिएको हो । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेका उनको मष्टामाण्डौ पुल नजिकै […]
सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविकाे विद्यालय व्यवस्थापन समितिकाे गठन अाज हुने भएकाे छ । २०७३ साल असाेजमा भएकाे विव्यस लाई पुनर गठन गर्दै मालिका माविकाे नयां विद्यालय व्यवस्थापन समिति अाज गठन हुने मालिका माविले बताएको छ । विव्यय गठन कार्यक्रमा विद्यालयका अभिभावक र शिक्षा प्रेमिहरू विद्यालयमा सहभागी भएका छन् ।
धनगढीः कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार १८६ जनाको परीक्षण गर्दा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै कैलारी गाउँपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका ५ […]
मुस्ताङ २५ मंसिर । गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुने भएको छ।कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङ बीच परम्परागत विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखराको एक गुम्बामा विवाह हुने कार्यक्रम छ।शर्मिला र कर्णबिच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो। […]
बाजुरा: बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका–१ बार्ताेलामा बुधबार साँझ जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज ३१० नम्बरको जीप बार्ताेलामा दुर्घटना हुँदा ८ जना घाइते भएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ। धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका–२ का ३७ वर्षीय […]
जेबी विश्वकर्मा/रुप सुनार। अधिकांश राजनीतिक शक्ति दलितमाथि भएका अन्यायविरुद्ध नबोल्नु विभेदकारी जात–व्यवस्थाको पक्षपोषण गर्नु हो ।संसारभरिका निरंकुश र जनविरोधी शासन व्यवस्थाले सीमान्तीकृत समुदायमाथि हजारौँ वर्षदेखि अत्याचार र दमन गर्दै आइरहेका छन् । सन् १९५० पछि तीव्र रूपमा विकास भएको खुला बजार अर्थनीतिसहितको पुँजीवादी लोकतान्त्रिक राजनीतिक व्यवस्थाले पनि मूलतः सीमान्तीकृत र बहिष्करणमा पारिएका समुदायमाथिको अत्याचारलाई निरन्तरता […]
अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने परीयोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बेलायत सरकार, नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा संचालन भएको कोभिड–१९ जिविकोपार्जन तथा आर्थिक पुर्नउथ्थान कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरीको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमा आईडिएस नेपालका कार्यकारी निर्देशक […]
अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ पार्तोलामा जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिकाको धुलाचौर देखी कोल्टी आउदै गरेको यात्रुबाहक जिप दुर्घटना भएको हो । जयमालिका यातायात प्रालिको से १ ज ३ १० नम्बरको जिप दुर्घटना हुदा ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । हिजो […]
धनगढीः कैलालीका २४ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, त्यस्तै टीकापुर नगरपालिकाका १ […]
काठमाडौँ– डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो । त्यसै वर्षदेखि […]
दार्चुला– स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय […]
डडेल्धुराः चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ। चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो। पहिले दैनिक ३०÷४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०÷८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत […]
धनगढीः सुदुपश्चिम प्रदेश सरकारले ल्याएको छाउपडी प्रथाजन्य उन्मुलन नीति २०७६ ल्याएको छ। सो नीतिमा महिला विरुद्धका सबै प्रकारका विभेद अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। शिक्षा तथा जनचेतना अभिबृद्धि गरि छाउपडी प्रथाजन्य पुरातन रुढिबादी अन्धविश्वास, मान्यता, प्रचलन सोच र अभ्यासमा परिवर्तन ल्याई महिला अधिकारको संरक्षण र परिपुर्ति पुरा हुने गरि वातावरण तयार गर्ने उदेश्यले नीति […]