होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ ।पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् । आजै दिउँसोसम्म सर्वोच्च अदालतमा […]
नागरिक रैबार/बाजुरा १८ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बाजुराका साझा सरोकारका पक्षमा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई बाजुराका साझा सरोकारका पक्षमा ध्यानाकर्षण गराएका हुन् । रावल नेतृत्वको टोलीले सदरमुकाम मार्तडीसम्म जोड्ने साँफे-मार्तडी सडकको स्तरोन्नति, […]
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल गरेर […]
केन्द्रदेखि वडासम्म पार्टी विभाजनमा सक्रिय बनेका नेकपाका दुबै समूहले निर्वाचन आयोगमा पार्टी विभाजनको औपचारिक दाबी प्रस्तुत नगरेको चर्चाले बजार पाएको छ । यस्तो चर्चा फैलाउने काममा आयोगका केही कर्मचारी र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै लागिपरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगभन्दा एक कदम अगाडि बढेर प्रचण्ड-माधव पक्ष समूहले रीत नपुर्याई निवेदन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ‘वाक्पटु’ नेतामा गनिन्छन् । विरोधीहरु पनि उनका भाषणलाई चाख मानेर सुन्ने गर्दछन् । ओलीले भाषणमा आफूलाई निशाना बनाउँछन् भन्ने विषयप्रति विरोधीहरु विश्वस्त त हुन्छन् नै, आफूलाई कुन रुपमा निशाना बनाउँछन् भन्नेमा उनीहरुको बढी चाख हुने गरेको पाइन्छ । ‘वाक्पटु’ एउटा कला हो । धेरै कममा मात्र यो क्षमता हुन्छ […]
चक्र बहादुर अएडी/बाजुरा १५ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानिमा ७ जनी एकल महिलाहरुलाई बुधबार बाख्रा वितरण गरिएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानि स्थाई घर भएका हाल अमेरिका वस्ने जनक बहादुर थापाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापाको समन्वय तथा […]
चितवन– माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार […]
मदन बिक/बाजुरा १४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश शाहले केपि ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठुलो संकट उत्पन्न भएको बताएका छन् । मंगलबार बाजुरा सदरमुकाम मार्तडीमा प्रचण्ड-माधव समूह पक्षले ओलीले चालेको असंबैधानिक कदम विरुद्धमा आयोजित विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन् । नेता शाहल फरक […]
नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षका नेताले मार्तडीमा प्रर्दशन गरेको छ । नेकपा प्रचण्ड-माधव पक्षको आज देशव्यापी विरोध प्रदर्शन भईरहेको छ । बाजुरामा पनि प्रचण्ड-माधव पक्षले सदरमुकाम मार्तडीमा मंगलबार विरोध प्रर्दशन गरेको हो । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै बाजुरामा पनि […]
नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सोही अनुरुप बाजुरामा पनि प्रचण्ड-माधव पक्षलेसदरमुकाम मार्तडीमा प्रर्दशन गर्न लागेको हो । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै बाजुरामा पनि प्रर्दशन गर्न लागिएको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् […]
रामबहादुर विक./बाजुरा १४ पुस।बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहि राहत सहयोग गर्न घरमै पुगेकी छ्न । सोमबार १३ औ दिनको पुण्य तिथिको अबसरमा अलपत्र परेका सम्राटलाई राहत घरमै पुगेकी हुन् ।सामाजिक अभियान्ता ज्वाला सग्रौला र मोहन खरेलको आर्थिक सहयोग उक्त […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो । नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल […]
पुस १३ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’ त्यसलाई […]
नागरिक रैबार/बाजुरा १३ पुस। बाजुरा पनि नेपाली काँग्रेसले प्रतिनिधि सभाको असंवैधानिक विगटनको विरुद्धमा प्रर्दशन गरेको छ । केन्द्रिय सर्कुलर अनुसार बाजुरामा पनि प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले प्रर्दशन गरेको हो । बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्याली मार्तडी बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत भएको थियो । विरोध प्रर्दशनका […]
जीवन कैला/बाजुरा १३ पुस- बाजुराका विभिन्न स्थानीय बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको भाउ छोई नसक्नु भएको छ । बाजुराका व्यापारिक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजारलगायत स्थानीय बजारमा खाद्यान्नभन्दा तरकारीको मूल्यमा वृद्धि भएको हो । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताको भान्सा महँगिएको हो । स्थानीय स्तरमा उत्पादित तरकारीको मूल्य […]
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो । गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद […]
नागरिक रैबार/बाजुरा १२ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चि प्रदेश इन्चार्ज डाः भिम रावलले प्रचण्ड-माधव पक्षका कार्यकर्तालाई उच्च मनोवल र सक्रियताका साथ पार्टीका कामहरु अघि बढाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठकले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न तथा पार्टीको एकतालाई कायम राख्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न महत्वपूणर् निणर्य गरेकोले […]
मदन वि.क./बाजुरा १२ पुस। बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई आजबाट विद्यालयमा भर्ना गरिएको छ । अलपत्र परेका सम्राटलाई आज सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमी बोडिङ्ग स्कुलमा भर्ना गरिएको हो ।बुवाको मृत्युपछि अलपत्र परेको खबर पत्रकार जीवन कैलाले पालिका खबरमा प्रकाशन गरेपछि काठमाण्डौंमा रहेका सामाजिक अभियान्ता […]