होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पाल्पा, नेपालगन्ज, दाङ, कपिलवस्तु, रूपन्देही — पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको रुक्सेभन्ज्याङ बजारक्षेत्रमा ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखियो । गाउँपालिकाको स्वास्थ्य शाखाले पुनः रुक्सेभन्ज्याङ टोलका सबै ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भयो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरा स्वास्थ्य चौकीमा नमुना परीक्षणका लागि स्वाब संकलन गरिँदै । रैनादेवी छहराले […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ । ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण […]
नागरिक रैबार/बाजुरा २५ जेठ। मार्तडीको दुनिहाटबजारमा व्यापार व्यवसाय गर्दै आएका त्रिवेणी नगरपालिका ९ का मृतक चक्र थापाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । मार्तडीमा करिव ७ वर्षदेखि व्यापार गर्दै आएका बागलेख जनरल स्टोरका संचालक थापाको कोरोनाका कारण धनगढी आफनै निवासमा सोमबार असामयिक निधन भएको थियो । मृतक थापाको परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएको भन्दै […]
२५ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, […]
नागरिक रैबार/बाजुरा २५ जेठ। खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले चामलमा २० प्रतिशत छुट दिएर विक्री गर्न थालेपछि खाद्य संस्थानमा चामल लिने ग्राहको भिड देखिन थालेको छ । कम्पनिले २१ जेठ बाट निषेधाज्ञाको समयलाई मध्येनजर गरी उपभोक्तालाई २० प्रतिशत छुट दिएर चामल विक्रि गर्न थालेपछि हिजो आज खाद्य संस्थानमा चामल लिने उपभोक्ताहरुको भिड नै लाग्ने […]
नागरिक रैबार/बाजुरा २५ जेठ। जिल्ला अस्पताल बाजुराको आईसोलेसन कक्षमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकामा संचालित युनिसेफकोे वास कार्यक्रम अन्तरगत जिल्ला अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको गरिएको हो । कोरोना पोजेटिभ भई जिल्ला अस्पताल बाजुराको आईसोलेनमा उपचारारत रहेका विरामीलाई मंगलबार अस्पतालको आईसोलेन कक्षमै पुगेर […]
प्रकाश विक/बाजुरा २५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मा रहेको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । ५१ बढी परिवार बसोबास गर्दै आएको बाउली, अनाई र गणखेतमा अहिले खानेपानीको चरम अभाव भएको हो । बाउली बजार क्षेत्रका स्थानीयका लागि निर्माण गरिएको गुनिभर खानेपानीको ट्याकीं माथिबाट सडक निर्माण भएपछि खानेपानीको मुहान […]
काठमाडौं । गत आम निर्वाचनबाट प्रतिपक्षीको म्यान्डेट पाएको नेपाली काँग्रेस अर्को चुनाव नहुँदै कर्णाली प्रदेशको सत्तामा पुगेको छ । कम्युनिस्ट र मधेसवादी घटकले प्राप्त गरेको जनमत खण्डित भएपछि केन्द्रदेखि प्रदेशसम्म काँग्रेसको सत्ता यात्रा शुरु भएको हो । गत निर्वाचनमा गठबन्धन गरी बहुमत बटुलेका एमाले–माओवादीका साथै राजपा–समाजवादीसमेत विभाजनमा पुगेपछि काँग्रेसको सत्ता यात्रा तय भएको हो । […]
काठमाडौं, २४ जेठ । गृहमन्त्री बन्न नेकपा एमालेका प्रभावशाली नेताहरुबीच दौड तिव्र भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेको गृह मन्त्रालयको जिम्मेवारी विश्वासपात्रमध्येलाई दिने चर्चा चलिरहँदा दौड तिव्र भएको हो । गृहमा सबैभन्दा बलियो दाबेदार महेश बस्नेत देखिएका छन् । उनले ओलीको सत्ता संकट टार्न निकै जोखिम उठाएर भूमिका निभाइरहेका छन् ।ओलीका विश्वासपात्रमध्येका […]
नागरिक रैबार/बाजुरा २४ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ आलु बालीको पकेट एरियाका रुपमा परिचित वडा हो । वडामा जिल्ला भरीकै सवैभन्दा बढी आलु उत्पादन हुने गर्दछ् । यहाँका कृषकहरुले पनि आलु उत्पादन राम्रो हुने भएपछि जमिनमा अन्य बालीको तुलनामा आलुबाली नै बढी लगाउने गर्दछन् । यस वर्ष पनि वडामा आलुको उत्पादन विगतको भन्दा […]
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन्। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपालपक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। तर, नेपालपक्षले ओलीको उक्त सर्तबमोजिम हस्ताक्षर फिर्ता नलिने भएका हुन्। ओेलीले आफ्नो वक्तव्यमार्फत् पार्टीलाई […]
धनगढी — सुदूरपश्चिम प्रदेशसभामा आइतबार निर्धारित बैठकमा प्रि–बजेट छलफलको कार्यतालिका थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक तयारी नपुगेको जानकारी गराएपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक नै स्थगित गर्नुपर्यो । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नै पर्ने दिन आउन एक साता मात्रै बाँकी छ । तर, आइतबारसम्म बजेटको नीति, प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) नै […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले रातोपाटीलाई जानकारी […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले सर्वसाधारण उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यन्न विक्री वितरण गर्ने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बाजुरामा जारी भएको निषेधाज्ञा अवधिभर खाद्य संस्थानले साविकको मूल्यमा २० प्रतिशत रकम घटाएर चामल बिक्री वितरण गर्न लागेको हो । नेपाल सरकारको आव २०७८/७९ […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुराको हिमाली गाउँपालिकाकि एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ कि ८१ बर्षिया महिला रहेकी छन् । लामो समय देखि दमको बिरामी भएकी महिलाको शनिबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । दमको रोगले ग्रस्त भएकी […]
नागरिक रैबार/बाजुरा २३ जेठ। साईन नेपाल धनगढीले बुढीगंगा नगरापालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । साईन नेपालले कोभिड-१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत बुढीगंगा नगरपालिकालाई कनसेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई लगाएतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको नगरप्रमुख दिपक […]
धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार […]
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक […]
धनगढीः चुरे क्षेत्रमा खोला तथा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइए पनि सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी भइरहेको छ। प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लालाई चुरे वन क्षेत्रले समेटेको छ। यी क्षेत्रका निषेधित खोलाहरूबाट ठेकेदारहरूले ढुङ्गा, बालुवा, तथा गिट्टी उत्खनन गरी निकासी गर्दै आएका छन्।चुरेको अवैध दोहनमा ठेकेदारहरूनै सक्रिय रहेको पाइएको छ। तर […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको […]