होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीका जनप्रतिनिधि कित्ता क्लियर गर्दै, को कता लागे ?
समाचार

कैलालीका जनप्रतिनिधि कित्ता क्लियर गर्दै, को कता लागे ?

  • नागरिक रैबार
कैलालीका जनप्रतिनिधि कित्ता क्लियर गर्दै, को कता लागे ?

धनगढीः जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजा देवी बुढामगरले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकिकृत सामाजवादी)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन्।

जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुका १५ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबारसम्म नयाँ पार्टीमा रहेको भन्दै सनाखत गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रामबजारी चौधरी र गौरीगंगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जंगबहादुर विकसहितका वडा सदस्यले एकीकृत सामाजवादीमा भएको भन्दै सनाखत गरेका निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए।

हालसम्म जिल्लाको गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत र घोडाघोडी नगरपालिकाका उपमेयर प्रेमकुमारी थापा दोधारमा रहेको भएपनि अन्य पालिकाका प्रमुख, उपप्रमुखहरुले भने नेकपा एमाले मै रहने बताएका हुन्। गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले आफु एमाले भएको बताए। ‘म एमाले हुँ। उप–मेयरको बारेमा थाशा छैन’ उनले भने।

विज्ञापन

कैलालीको गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्किचुहा, टीकापुर नगरपालिका तथा मोहन्याल र चुरे गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख पदमा विजयी भएका थिए। हाल नेकपा एमाले विभाजन भएपछि उनीहरु पनि विभाजन भएका छन्। टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले एमालेको जिल्ला कमिटी सदस्य भएको बताए। उनले पार्टी परिवतर्न नगर्ने बताएका छन्। जिल्लाको लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई र घोडाघोडीका मेयर ममताप्रसाद चौधरीले पनि एमालेमै भएको प्रतिक्रिया दिएका छन्।

नेकपा एमाले विभाजनपछि दर्ता भएको एकीकृत समाजवादी पार्टीमा जान इच्छुक जनप्रतिनिधिका लागि भदौ २२ गतेसम्मको समय सीमा निर्वाचन आयोगले दिएको छ। सोही कारण अधिकांशले अन्तिम दिनमा मात्रै निर्णय लिने जनाएका छन्। दिनेश खबर बाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार