होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बिहिबार सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला […]
सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन । महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन् । महिलाहरू आफ्नो यौन जीवनमा असन्तुष्ट हुनुका केही कारणहरू छन् । १. महिलाहरू सम्बन्धमा तपाईंको प्रेम, स्नेह र सम्मानको महसुस गर्दैनन् भने उनीहरूको लगाव […]
एजेन्सी । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेका हुन् । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए […]
काठमाण्डौ – सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । तर लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम नसकिएको भन्दै विज्ञले सावधानी अपनाउन आग्रह छन् । गएको चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गते रातिदेखि सकिएको हो । तर लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या […]
काठमाडौं । सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा सार्वजनिक यातायात चलाउन पाइनेगरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशका हकमा भने यो नियम लागू नरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले […]
८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
नागरिक रैबार/बाजुरा ८ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले कोभिड-१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो । बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा […]
धनगढी : सुदूरपश्चिममा पनि आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। ‘सुरक्षा मापदण्ड […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]
७ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । ‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको बुधबारको निर्णयमा भनिएको छ । समिति बैठकमासांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । […]
काठमाडौँ — झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित गरेर त्यसबीचमा दर्जन बढी आपसी संवाद गरेका नेकपाका दुई अध्यक्षबीच अझै सहमति भएको छैन् । तर पनि शक्ति संघर्ष र वर्चश्वको लडाइँमा एकले अर्कामाथि दबाब बनाउन सम्पूर्ण शक्ति लगाएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि नेकपाका सबै […]
काठमाडौँ — नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार […]
७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको विरामी उनलनाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसूयीमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको अस्पताल स्रोतले जनाएको […]
नागरिक रैबार/बाजुरा ७ साउन। बडीमालिका नगरपालिका वडा नं ६ मा पर्ने गैरीगाँउ दलित बस्ती हो । जहाँ ३३ घरधुरी बसोबास गर्छन । गैह्रदलित समुदायले दलित बस्तीलाई फोहरको पर्यावाचीको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाँउ दलित टोलले यो परम्परागत तोड्न सफल भएको छ । पूर्ण सरसफाई अभियान अन्तर्गत सरसफाई सम्बन्धि जनचेतनामुलक तथा क्षमता […]
कर्णाली: जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ। कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो। कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क […]
७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ । ४२ औँ स्मृति दिवसको अवसरमा विज्ञप्तिमार्फत पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उहाँको साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले विज्ञप्ति भन्नुभएको छ, […]
काठमाण्डौ – आजदेखि लकडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो । आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ । यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना […]
काठमाडौं । कोडिभ–१९ को जोखिमका कारण रोखिएको मादक पदार्थ सेवन परीक्षण (मापसे) शुरु भएको छ । बुधबारबाट सवारी चालकको मापसे परिक्षण गरिने महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले जानकारी दिए । चैत ७ बाट काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मापसे परीक्षण रोकेको थियो । चार महिनापछि मापसे जाँच सुचारु भएको छ […]
कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा भने सरकारले गर्न […]