होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घुस दिनेलाई पक्राउ गर्ने ७ प्रहरी पुरस्कृत
समाचार

घुस दिनेलाई पक्राउ गर्ने ७ प्रहरी पुरस्कृत

  • नागरिक रैबार
घुस दिनेलाई पक्राउ गर्ने ७ प्रहरी पुरस्कृत

काठमाडौं । घुस अस्वीकार गर्ने सिन्धुली र मकवापुरका सातजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ७ जना प्रहरी कर्मचारीलाई पुरस्कार दिएको हो ।

लकडाउनको बेला सवारी पास दुरुपयोग गर्ने र घुस दिएर एक जिल्लाबाट अर्को जिल्ला प्रवेशका खोज्नेलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदिप गिरीले जानकारी दिए ।

घुस रकमको प्रलोभनमा पार्ने १० जनालाई प्रहरीले पक्रेर कारवाही गरेको छ । लकडाउनको अवधिमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र मकवानपुर प्रहरीले १ जनालाई पक्रेर कानुनी कारवाही गरेको थियो ।

विज्ञापन

एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न, नदीजन्य पदार्थको अवैध ओसार पसार गर्न र सवारी दुर्घटनाको कारवाहीबाट बच्न आरोपीले ५ सय देखि ५ हजारसम्म घुस अफर गर्ने गरेको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार