होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिमका ४२ जनामा कोरोना पुष्टि
समाचार

धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिमका ४२ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिमका ४२ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा थप ४२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ।

डोटीको आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।

विज्ञापन

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको छ।

संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार