होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सावधान ! मास्क नलगाउँदा कारबाहीमा परिएला
समाचार

सावधान ! मास्क नलगाउँदा कारबाहीमा परिएला

  • नागरिक रैबार
सावधान ! मास्क नलगाउँदा कारबाहीमा परिएला

डडेल्धुरा : जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्कको प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ। पहिलो पटकका लागि कारबाहीमा परेकालाई एक सय रुपैयाँ जरिवाना गरेको छ ।

प्रहरीले मास्क प्रयोग नगर्ने १९ जनालाई सोमबार कारबाही गरेको हो । मंगलबार पनि मास्कबिना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गरिएको प्रहरीले जनाएके छ ।

उनीहरुलाई पहिलो पटक एक सय रुपैयाँका दरले जरिवाना गरी सम्झाइ बुझाइ गरी छोडिएको प्रहरी सहायक निरीक्षक चन्द्र धामीले बताए ।जरिवानावाफत गरिएको कारबाहीबाट एक हजार नौ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक धामीले बताए ।

विज्ञापन

लकडाउन खुले पनि कोरोना भाइरसको जोखिम भने कम भएको छैन । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ ।  जिल्ला सदरमुकाममा मास्कबिनाका सवारी चालक र स्थानीयलाई कारबाही गरेको प्रहरीले जनाएको छ । कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार