होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । आठवटा सूर्यबाट एकसाथ उत्सर्जन हुने ऊर्जा कति होला, कल्पना गर्नुस् त । त्यति नै परिमाणमा ब्रह्माण्डको एक भागमा उत्पत्ति भएको भयानक ऊर्जाको तरंग अन्ततः ७ अर्ब वर्षपछि पृथ्वीसम्म आइपुगको छ । दुईवटा ब्ल्याक होलहरु एक आपसमा मर्ज हुँदा निस्किएको ऊर्जाबाट सिर्जित गुरुत्वाकर्षण तरंगको झट्का (सक वेभ) पृथ्वीमा आएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् […]
नागरिक रैबार/बाजुरा १६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का अतिविपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने निशुल्क कम्प्युटर तालिम दिईने भएको छ । नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको पहल र ९ नम्बर वडाको समन्वय तथा एटुजेट कम्प्युटर सेन्टरको प्राविधिक तथा आर्थिक सहयोगमा वडा भित्रका अति विपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने […]
काठमाण्डौ । बैठकमा स्वास्थ्य,अर्थ,महिला बालबालिका,युवा तथा खेलकुद,सँघीय मामिला तथा सामान्य प्रशासन,भौतिक योजनासहित पालैपालो विभिन्न मन्त्रालयका एजेण्डा प्रस्तुत हुन थाले । त्यहि क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पालो आयो । एजेण्डा थियो प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा झापाकी दुर्गा भण्डारी पौडेलको नियुक्ति । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी बोकेका अर्थमन्त्रीको तर्फबाट मुख्यसचिव लोकदर्शन रेग्मीले प्रस्ताव यसरी पढेर […]
आज बुधबार देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिनमाभन्दा राति वर्षा अझ बढ्ने सम्भावना छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भने एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको […]
काठमाडौं । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ । यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा […]
नागरिक रैबार/बाजुरा १७ साउन ।एसएलसी सम्मको अध्ययन गरेर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी खोज्न गएका बडीमालिका नगरपालिका ९ डुवालवाडाका २५ वर्षिया निशान्त बडुवाल मार्तडीमा अहिले एक सफल व्यवसायीका रुपमा परिचित छन् । विसं २०७१ सालको एलएलसी दिएर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी गर्न गएका निशान्त बडुवाल करिव ३ वर्ष अघि आफ्नै भुमिमा फर्किए । भारतमा […]
१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा […]
१५ साउन कैलाली । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उनले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताए । […]
बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ । केही चार्टर्ड उडानबाहेक अहिले विभिन्न वायुसेवा कम्पनीका ४५ भन्दा बढी जहाज ग्राउण्डेड छन् । तालुकदार संस्कृति, […]
फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । […]
काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । […]
बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको हो। […]
काठमाडौं । पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो । लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्नेलगायतका समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो । पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहिन […]
संसदीय समितिले सबै सामुदायिक विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा दु्रत गतिको इन्टरनेट पु¥याउन नेपाल सरकार सञ्चार ता सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । […]
काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ । सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध […]
२६ जेठ, विराटनगर । प्रदेश १ मा सोमबार २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७७ पुगेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन स्थानीय तहमा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ […]
२६ जेठ, पोखरा । पोखराको कोभिड अस्पतालमा आइतबार राति मृत्यु भएका ६० वर्षीय पुरुषको शव अझै व्यवस्थापन हुन सकेको छैन । आइतबार राति करिब साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु भएको करिब १५ घन्टासम्म शव आइसोलेसन कक्षमै राखिएको छ । ‘स्थानीय तह, प्रशासन र आर्मीलाई शव व्यवस्थापनको जिम्मा दिइएको छ । […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ […]