होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का
सूचना-प्रविधि

टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का

  • नागरिक रैबार
टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।

विज्ञापन

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो ।जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ ।

विश्वभर नै घट्यो इन्टरनेट स्पिड

लकडाउनका कारण अनलाइन प्रयोजनमा इन्टरनेटको प्रयोग बढ्दा विश्वभर नै इन्टरनेटको स्पिड घटेको छ । एमल्याबले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो ।

उक्त अध्ययनअनुसार लकडाउनअघि विश्वको औसत इन्टरनेट स्पिड २९.३६ एमबीपीएस रहेकामा लकडाउनमा ६.३१ प्रतिशतले घटेर २७.५१ एमबीपीएस पुगेको छ ।

नेपालको औसत इन्टरनेट स्पिड लकडाउनअघि ५.५३ एमबीपीएस रहेकामा लकडाउनमा घटेर ४.५२ एमबीपीएस पुगेको छ । यसबीचमा चीनको इन्टरनेट स्पिड सबैभन्दा धेरै खस्किएको पाइएको छ । लकडाउनअघि चीनको १२.५८ एमबीपीएस औसत इन्टरनेट स्पिड रहेकामा लकडाउनमा घटेर ६.१७ एमबीपीएस रहेको अध्ययनले देखाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
अन्तर्राष्ट्रिय
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि