होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
नागरिक रैबार/बाजुरा २२ भदौ। बाजुरामा पनि बिबिध कार्यक्रम गरि १९ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवसको अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम र दिउसोँ बृक्षारोपण गरि मनाइएको हो । १९ औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिउसोँ नेपाली सेनाको ब्यारेक थापाथलीमा […]
धनगढीः सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेलाबखत भाइरल हुन्छन्। अहिले त्यस्तै भाइरल भइरहेको छ ऋृषि धमलापत्नी एलिजाको सारी डान्स। एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले भाइरल छ। उक्त भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आएर डगी पोजमा चार हातखुट्टा टेकेर हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट छ। यस्तै […]
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको प्रशासकीय प्रमुख पदमा एक तह माथिको सेवाको कर्मचारी खटाउने प्रस्ताव गरेको छ । निजामती सेवा ऐनको प्रस्तावित संशोधन विधेयकमा प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश निजामती सेवाको कर्मचारी खटाउने तयारी गरेको हो । प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवमा संघीय […]
काठमाडौंं । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । ‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा […]
नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बैशाख ३० गते हुने स्थानीय तहको […]
नागरिक रैबार बाजुरा २५ बैशाख बाजुरा जिल्लाका सरकारी कार्यालयका कामहरु भोलीबाट ३० गतेसम्म नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै जिल्लाका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु २६ देखि ३० गते सम्म स्थगन गरिने बताएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरु खटिनु पर्ने भएकाले जिल्ला प्रशासन लगायतका […]
काठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । संसद्मा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दै प्रमुख प्रतिपक्ष एमालेका […]
२९ भदौ, काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हेर्नुहोस् को कहाँ सरुवा भए ? https://drive.google.com/file/u/0/d/1UcP6QfkkNS3icWPfDUID8Rl3rUSOQBQ2/view
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
नागरिक रैबार विहिवार २१ साउन । जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो । जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने […]
१९ असार, विराटनगर । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ ४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको […]
मुगु- मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका १४ वटा वडामा रहेका एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गत ७ फागुनको प्रजातन्त्र दिवस अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्रका एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । भत्ता पाएपछि एकल पुरुषले नगरपालिकाको यो कदमप्रति खुसी व्यक्त गरेका छन् । वडा नम्बर १४ का ५० […]
काठमाडौँ- बहुचर्चित तथा आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्म सूचीकृत बेरोजगारको संख्या ७ लाख ४३ हजार १४० छ । यो संख्या ७ लाख ७ हजार ६ घरधुरीबाट सूचीकृत भएको हो । गत आर्थिक वर्षमा २०७६/७७ मा २ लाख २१ हजार ८०६ धरधुरीबाट ३ लाख ७० हजार ७३४ जना सूचीकृत थिए । सूचीकृतमध्ये १ […]
काठमाडौं : निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ। आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार […]
सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ […]