होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २३ बैशाख । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।एकिकृत समाजबादीका कार्यक्रताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । एकिकृत […]
डोटी : जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बिक्री गर्न थालिएको छ। जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि राजमार्ग तथा बजार लैजाने गरेका छन्। काफल टिपेर बिक्री गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत गतिलो बन्दै गएको छ। यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न […]
मुगु । मुगुको सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ । मुगुको एक मात्र नगरपालिका छायानाथ रारामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् । सोरुमा समाजवादी र माओवादीको साथ पाएको कांग्रेस यहाँ एक्लै छ । खत्याड गाउँपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका […]
बारा — बाराका पत्रकार वीरेन्द्र साहको हत्या भएको १५ वर्ष पुग्न लाग्यो । पत्नी उमरामवतीले न्यायका लागि संघर्ष थालेको पनि उति समय भयो । तर, अहिलेसम्म उनले न्यायको महसुस गरेकी छैनन् बरु हत्यामा संलग्न माओवादी कार्यकर्तालाई राज्यका निकायले दिइरहेको एकपछि अर्को सहुलियतले उनलाई थप एक्लो र असहाय बनाएको छ । माओवादी शान्ति प्रक्रियामा आइसकेको अवस्थामा कार्यकर्ताहरू लालबहादुर चौधरी, […]
डेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर […]
भौगोलिक हिसाबले नेपालको विकट जिल्ला मानिने बाजुरामा अझै पनि मानिसहरु न्युनतम आवश्यकता पुरा गर्ने कार्यमै सिमित छन् । आफ्नो आधारभुत आवश्यकता पुरा गर्नमै दिन रात खर्चिने यहाँका मानिस भौगोलिक विकटताका कारण प्रविधिमूलक सेवा सुविधाबाट बञ्चित रहँदै आएका छन् । विकासका दृष्टिकोणले पिछडिएको हिमाली जिल्ला बाजुरामा अहिले पनि यातायात, शिक्षा, स्वास्थ्य लगायत विषयमा राम्रो पहुँच छैन […]
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन्। माइकले साथ नदिएपछि सम्बोधन छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ।’ सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए। उनले भोट […]
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो । झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहीबार बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड […]
जातवार्ता पढ्दा र पुँजीवादी चुनावमा गुमनाम तरिकाले होमिएको मेरो समाज अध्ययन गर्दै गर्दा – लोकतान्त्रिक भनिने पार्टी र प्रचलित कम्युनिष्ट पार्टीमा दलितको हैसियत यति किन कम्जोर छ र यो हविगत हुँदैछ ? र, आज दलित समुदायबाट प्रतिनिधित्व गर्ने गोरख शार्कीले हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा लेखेको […]
नागरिक रैबार/बाजुरा २१ बैशाख। नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको छ । एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि […]
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदानको मिति आउन नौ दिनमात्र बाँकी छ । निर्वाचनलाई मध्यनजर गर्दै आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ । मतपत्र छाप्नेदेखि ढुवानी र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको आयोगले अन्य बाँकी आन्तरिक तयारीलाई समेत तीव्र बनाएको जनाएको छ । स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्ने आयोगको […]
काठमाडौं : भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं आइपुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन्। उनी नितान्त घुमघामका लागि नेपाल आएको बताइएको छ।
नागरिक रैबार/बाजुरा १९ बैशाख । आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुराका राजनीतिक दलहरु यतिबेला मतदातासंग भेटघाटमा व्यस्त देखिन्छन् । विभिन्न पार्टीबाट टिकट पाएका उम्मेदवारहरु यतिखेर जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न जनतासंग अपिल गरिरहेका छन् । नेकपा एमालले पनि अहिले जिल्लाभर उम्मेदवारहरुलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा आज एमाले खप्तड […]
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना […]
बाजुरा — खेत गह्रामा गहुँ पाकेर पहेंलपुर भएका छन् । कतिले भित्र्याइसके, कतिको बाँकी छ । भित्र्याउन बाँकी परिवारलाई हरेक दिन बदली भइरहने मौसमसँगै असिनाले बर्बाद पार्ने झर्कोले सताइरहेको छ । यता, स्थानीय निर्वाचन आउन ११ दिन दिनमात्रै बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो अभियानमा जुटिसकेका छन् । तर, किसानहरूलाई भने चुनाव र उम्मेदवारहरूको घरदैलोमा त्यति धेरै वास्ता छैन । ‘उम्मेदवारहरू घरदैलो […]
सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक […]
नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका […]
पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट […]
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए । अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन […]
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र […]