होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा निर्णय दिन […]
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न निर्देशन दिएकाे छ । आयाेगले मतगणना गर्न निर्देशन दिएपछि बाजुरामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बुधबार साँझ राखेकाे सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएपछि बैठक भाेलि विहान ७ बजे पुन: बस्ने गरि स्थगित गरिएकाे छ । आज बसेकाे बैठकले भाेलि विहान बस्ने बैठकमा एमालेलाई अनिवार्य सहभागी हुन् सयुक्त आह्वान […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। विद्यार्थी नेता चेतन अयडीकाे हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको विभत्स हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको भन्दै दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ । विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहीत नेकपा एमालेले रिले अनशन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन् । मंसिर ४ गते […]
काठमाण्डाैं: निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको हो । स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। आईएनएफ नेपाल बाजुरा शाखाले आफ्नो संस्थाको ७० औँ स्थापना दिवस मनाएको छ । बुढिनन्दा नगरपालिका सिबपार्क स्थित नगर सभाहलमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो । बि.स. २०६९ साल देखी बाजुरामा काम गर्दै आएको आईएनएफ बाजुराले जिल्लामा जिवकोपार्जन, सरसफाई लागयतका कार्यहरु गर्दै आएको छ । संस्थाले हिमाली गाउँपालिकाबाट सुरु गरेका […]
बाजुरा जिल्लाका ६९ वटै वडामा मंसिर ४ र १० गतेगरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि चुनाव त सम्पन्न भयो ।तर, लफडा सकिएन । बरू मंसिर ४ मा त्रिवेणी ७ का दुईजना स्थानीयको वेमतलब ज्यान गयो । दर्जनौं घाइते भए । लगभग एक हप्ता तीनकै मौतले जिल्ला नै बन्द जसो भएर जनजीवन कष्टकर रह्यो । […]
नागरिक रैबार/बाजुरा १२ मंसिर।नेपाली काँग्रेसका कार्यकर्ताको कुटपीटबाट मृत्यु भएका अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीको एकसातापछि दाह संस्कार गरिएको छ । हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले सातादिन पछि शव बुझेर दाहसंस्कार गरेका हुन् । अयडीको मंसिर ४ गते साँझ गाउँमा काँग्रेसका कार्यकर्ताले कुटीकुटी हत्या गरेको चेतनका बुवा गगन अयडीले बताएका छन् । अयडीको […]
नागरिक रैबार।निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए । जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, सचिव हिमाल […]
नागरिक रैबार/बाजुरा ११ मसिर। छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराले आफ्नो बार्षिक उत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रियस्तरको पर्तिस्ठित ग्राहक सँरक्षण प्रमाणपत्र पाउन सफल छिमेक लघुबित्त बित्तीय सँस्था २२औँ बार्षिक उत्सवको अवसरमाा शाखा कार्यालय बाजुराले फलासैन सरसफाई कार्यक्रम गरि उत्सव मनाएको हो । छिमेक लघुबित्त बित्तीय सँस्था लि. को २२ओँ बर्षिक उत्सव […]
नागरिक रैबार/बाजुरा ११ मंसिर।बाजुरामा ७१ दशमलव ९८ प्रतिशत मत खसेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा बाजुराका ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ६५ जनाले मतदानन गरेका छन् । मंसिर ४ मा भएको निर्वाचनमा बुढीनन्दा नगरपालिका वडा नम्वर ५ को मतदान स्थलमा एमाले […]
नागरिक रैबार/बाजुरा १० मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्वर ५ मा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । यस अघि मंसिर ४ गते भएको निर्वाचनमा २८ जनाले मतदान गरिसकेपछि काँग्रेस र एमालेका कार्यकर्ताविच दोहोरो झडप भएपछि सो दिन मतदान स्थगित गरिएको थियो । बुढीनन्दा ५ मा कुल ९ सय ९९ मतदाता रहेका थिए भने आज पुनः […]
नागरिक रैबार/बाजुरा १० मंसिर। नेकपा एमाले बाजुराले त्रिवेणी नगरपालिका वडा नम्वर ७ का अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्न रहेकाहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै मार्तडीमा सिठी फुकेर विरोध प्रर्दशन तथा धर्ना कार्यकक्रम गरेको छ । एमालेले सदरमुकाम मार्तडीमा शनिवार विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमसहित सिठी फुकेर प्रशासनका विरुद्ध प्रर्दशन गरेको हो […]
नागरिक रैबार/बाजुरा ९ मंसिर।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरीको विदाई गरिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीहरुलाई प्रमाणपत्र दिएर विदाई गरेको हो । बाजुरामा निर्वाचनको सुरक्षाका लागि ७ सय ४९ जना म्यादी प्रहरीहरु लाई भर्ना गरिएको थियो । मंसिर ४ गते निर्वाचन […]
नागरिक रैबार/बाजुरा ९ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियु बाजुराले ४ दिनदेखि जारी गरेको बन्द आजबाट अनिश्चित कालका लागि खुल्ला गरिएको छ । अनेरास्ववियु बाजुराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ४ दिनदेखिको बन्द खुला गरेको जनाएकाे छ । अनेरास्ववियुले चेतनको विभत्स हत्याको तत्काल […]
बाजुराको त्रिवेणी नगरपालिका ७ का अनेरास्ववियुका नेता चेतन दिप ऐडीको घटनाका आरोपित मध्ये २ जनालाई पक्राउ गरिएको छ। बाजुरा प्रहरीकाअनुसार बिहीबार बिहान प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ गरेको हो। गत मंसिर ४ गते मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको घरभित्रै गएर काँग्रेस […]
नागरिक रैबार/बाजुरा ८ मसिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ । अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको […]
नागरिक रैबार/बाजुरा ७ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का चेतन अयडीको विभत्स हत्याको घटनामा संलग्न रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई पक्राउ गरि कारवाही नगरेको भन्दै अनेरास्ववियु बाजुरा ३ दिनदेखि आन्दोलित बनेको छ । मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको ४ दिन वित्न लाग्दा समेत स्थानीय प्रशासनले […]
नागरिक रैबार/बाजुरा ७ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते राति घर सुतिरहेका अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको विषयलाई लिएर बाजुरामा अनेरास्ववियु ३ दिनदेखि आन्दोलित बनेकाे छ । चेतनको घटनाको विषयलाई लिएर ३ दिन देखि सदरमुकाम मार्तडी बजार तनावग्रस्त बनेको छ । चेतनको हत्यामा […]
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका […]